मधेशदृष्टि
जनकपुरधाम ।
राजर्षि जनक विश्वविद्यालय क्याम्पसमा तालाबन्दी भएको छ । स्ववियु सभापति प्रवेश यादवले नै विश्वविद्यालय व्यवस्थापनलाई लेखेको पत्रमा क्याम्पसले पूर्वाधार नै धान्न नसक्ने अवस्थामा धेरै क्याम्पसहरुलाई सम्बन्धन दिन नहुने भन्दै विश्वविद्यालयको ध्यानाकर्षण गराएका छन् ।
उनले शुक्रबार विभिन्न कलेजहरुलाई दिइएको सम्बन्धन तत्काल स्थगित गर्न माग गर्दै अन्यथा तालाबन्दी गरिने भनेर ध्यानाकर्षण गराएका थिए । विश्वविद्यालयले विभिन्न कलेजहरुलाई सम्बन्धन दिएको छ ।
५ सय विद्यार्थी रहेको राजर्षि जनक विश्वविद्यालयले आफ्नै पूर्वाधार व्यवस्थापन र शैक्षिक कार्यक्रम व्यवस्थित बनाउन नसकेकामा धेरै कलेजलाई सम्बन्धन दिएर शैक्षिक क्यालेन्डर नै लथालिंग बनाएको भन्दै शुक्रबार नै तालाबन्दी भएको हो । विश्वविद्यालय स्रोतका अनुसार, कहिले जनकपुरका कलेजले सम्बन्धन नपाएको भनेर त कहिले धेरै कलेजलाई सम्बन्धन दिएको भनेर स्ववियुले दबाब दिइरहेको छ ।