
मधेशदृष्टि
सर्लाही ।
इलाका प्रहरी कार्यालय केशरगंज, बयलबासका घुमुवा सहायक हवल्दार अर्जुन सिंहलाई स्थानीय किशोरीको समूहले कुटपिट गरेको छ । इलाका प्रहरी कार्यालय केशरगंज, बयलवासका घुमुवा सहायक हवल्दार सिंह मदिरा पिएर ईश्वरपुर नगरपालिका–७ स्थित सिकेन्द्र सिंह दनुवारले सञ्चालन गरेको दिदीबहिनी होटल एण्ड सेकुवा कर्नरमा मंगलबार राति करिब ११ बजे पुगेका थिए । त्यहाँ रहेका किशोरीलाई अनुचित व्यवहार गर्न खोजेपछि उनले किशोरीहरुको पिटाइ खाएका हुन् ।
ईश्वरपुर नगरपालिका–७ स्थित सिकेन्द्रले सञ्चालन गरेको दिदी बहिनी होटल एण्ड सेकुवा कर्नरमा भदौ ११ गते राति करिब ११ बजे पुगेका सिंहले होटलको ढोका खोल्न भन्दा किशोरीहरुले नमानेपछि होटलको पछाडिबाट होटलभित्र प्रवेश गरी किशोरीहरुमाथि जाइलागेपछि किशोरीहरुको समूहले कुटपिट गरेका हुन् ।
कुटपिटबाट घाइते उनलाई स्थानीय जयसिद्दि विनायक पोलिक्लिनिकमा उपचार गराइएको थियो भने होटलका सञ्चालक सिकेन्द्रलाई इलाका प्रहरदमद्दटडी कार्यालय केशरगंज, बयलबासले नियन्त्रणमा लिएर भदौ १२ गते बुधबार बिहान छाडेको थियो । सिंह ४ महिनादेखि घुमुवाका रुपमा कार्यरत छन् । त्यस समयमा होटलमा भएको गतिविधिको भिडियो र फोटो इलाका प्रहरी कार्यालय केशरगंज, बयलबासका प्रहरी प्रमुख एवम प्रहरी नायव उपरीक्षक मानप्रसाद श्रेष्ठले हटाउन लगाएको होटल सञ्चालक सिकेन्द्रले बताए ।