
मधेशदृष्टि
वीरगंज ।
वीरगंजका कलेजहरुमा छात्रवृत्ति मिलाइदिन्छु भन्दै विद्यार्थी र अभिभावकसँग रकम माग्ने भारतीयलाई वीरगंज महानगरले नियन्त्रणमा लिएको छ ।
एनआइ कलेजमा छात्रवृत्ति मिलाइदिने भन्दै पैसा मागेका भारतीय नागरिक राहुल मोदीलाई महानगरका मेयरसहितको टोलीले नियन्त्रणमा लिएको हो । उनले रौतहट, गौर–५ की पुजा पटेलसँग विवाह गरेर पत्नीका नाममा वीरगंजमा मोदी इन्स्टिच्युट सञ्चालन गरेका छन् । उनले कक्षा ८, ९ र १० विद्यार्थीलाई कोचिङ पढाउने गरेका छन् । उनी आठ वर्षदेखि वीरगंजमा बसिरहेका छन् ।
विगत ८ वर्षदेखि वीरगंजमा कोचिङ इन्स्ट्च्यिुट चलाइरहेका मोदीले एन आइ कलेजमा पढ्न २ लाख रुपैयाँ लाग्ने र १ लाख रुपैयाँ छात्रवृत्ति मिल्ने र बाँकी १ लाख रुपैयाँ मिलाइदिन्छु भन्दै अभिभावकसँग एक लाख रुपैयाँ मागेको पाइएको छ । वीरगंज महानगरका नाममा उनले विभिन्न अभिभावकसँग लाखौँ रुपैयाँ मागेको अडियोसहित उजुरी परेपछि वीरगंज महानगरका मेयर राजेशमान सिंहसहितको टोली उनको इन्स्टिच्युट पुगेको थियो ।
उनले इन्स्टिच्युट पनि विना अनुमति सञ्चालन गरेको पाइएको मेयर सिंहले बताए ।






