अफरोज अर्पण, महेश कठायत
वीरगंज ।
अर्थतन्त्रको मेरुदण्ड मानिएको सहकारीका नाममा अवैध नेटवर्किङ व्यापार धन्दा चलाएको र त्यसलाई संरक्षण गर्न टेलिभिजन खोलेर बचाउमा देशभरका पत्रकार नै प्रयोग गर्दा पनि कालोभन्दा नछोपिएपछि देश छाडेर भागेका सहकारी माफिया गितेन्द्रबाबु (जिबी) राई समूहले वीरगंजमा सर्वसाधारणको रकम जम्मा गरेर आफन्तलाई पोसेको पाइएको छ । पत्रकारलाई ७ महिनाको तलब खुवाउन नसकेपछि बन्द भएको ग्यालेक्सी टेलिभजनका अध्यक्षसमेत रहेका र शंकास्पद हिसाबले देश छाडेर फरार तथा सहकारी विभाग, सिआइबीमा उजुरी परेका राई समूहकै नेतृत्वमा वीरगंजमा सानो पाइला सहकारी संस्था सञ्चालनमा आएको थियो ।
सर्वसाधारणले दुनियाँका जुठा भाँडा माझेर, फुटपाथमा चिया र तरकारी बेचेर कमाएको पसिना सहकारीमा बचत गर्दा संस्थाको सस्थापक तथा संरक्षक राईले आफन्त र आसपासकालाई मात्र करोडौँ ऋण प्रवाह गरेर सर्वसाधारणको करिब ९४ करोड रुपैयाँ लुटेको तथ्य मधेशदृष्टिले हात पारेको छ । उनले जारी गरेको ठूला ऋणीहरुको हुलियामा कहीँ कतै पनि वीरगंजको आभाष आउँदैन । यी ऋणीहरु कता छन्, सहकारीले खोज्न चासोसमेत दिएको छैन ।
वीरगंजमा रहेको सानो पाइला सहकारीका सर्वसाधारणको निक्षेप संकलन गरी वीरगंजमा खाता नै नभएकालाई करोडौँ रुपैयाँ प्रवाह गरी सहकारी जोखिममा पु¥याएपछि हजारौँ निक्षेपकर्ता वीरगंज महानगरपालिकामा गुहार लगाउन पुगेका थिए । उनीहरुको कागजात मागेर सानो पाइलाका संस्थापकहरुलाई वीरगंज बोलाएर कागजात गराएपछि राई समूहकै निर्देशनमा सञ्चालित अन्य सरकारीका निक्षेपकर्ता पनि सरकार खोज्दै देशभर धाएपछि गितेन्द्रबाबु राई देश छाडेर भाग्ने अवस्था बनेको हो । वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले ‘निक्षेपकर्ताको रकम फिर्ता गर’ भनेर वीरगंज बोलाएर राईलाई कागज गराएका थिए ।
असार २४ गते गितेन्द्रबाबु राई वीरगंज महानगरपालिका कार्यालय आएका थिए । उनले महानगरमा भएको बैठकमा सानो पाइलाले जारी गरेको ऋण विवरण ३ दिनभित्र महानगरमा बुझाउँछु भनेर हस्ताक्षर गरेका थिए । साउन १५ गतेभित्र सहकारीको श्वेत पत्र जारी गर्छु भनेर वाचा गरेका थिए । एक लाख रुपैयाँ भन्दा कम रकम निक्षेपकर्ताहरु समस्यामा परेकाले उनीहरुको रकम क्रमशः फिर्ता गर्छु भनेका थिए । सानो पाइलाले संस्थाको विवरण खुल्ने श्वेत पत्र त साउन १५ गते महानगरमा पठाइयो तर त्यसपछि वीरगंज महानगरबाट तारन्तर सम्पर्क गर्दा राईले फोन उठाएनन् । महानगरमा आएर गरेको वाचा र प्रतिवद्धता पनि कागजमा सीमित राखे । स्थानीय सरकारले ‘के नै गर्न सक्छ र’ भन्ने ठानेर महानगरलाई हेप्ने काम गरिरहे ।
यसपछि वीरगंज महानगरले भदौ ५ गते सानो पाइला सहकारीलाई समस्याग्रस्त घोषणा गरी सञ्चालकलाई कानुनी कारबाही अघि बढायो । ५ गते नै नेपाल राष्ट्र बैंकलाई सहकारीका सञ्चालकको बैंक खाता रोक्काका लागि पत्राचार गरियो । सोही दिन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पनि पत्राचार गरेर सञ्चालकहरुको नेपालभर रहेको जग्गा रोक्काको अपिल गरियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई पनि पत्र पठाएर सहकारीजन्य कसुरमा कारबाहीका लागि छानबिन गर्न आग्रह भयो ।
नेपाल राष्ट्र बैंकले भदौ १५ गते नै सहकारी सञ्चालकहरुको बैंक खाता रोक्का गर्न सबै बैंकहरुलाई पत्राचार गरेपछि भने स्थानीय सरकारको ‘शक्ति’ देखेर सहकारीका सञ्चालकहरु कछुवासँग दौडमा हारेको खरायो झैँ भए । सहकारीका फरार सञ्चालकहरु एकाएक शिथिल बने । यति मात्र होइन, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भदौ ८ गते नै जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्र लेखेर जनताको पैसा फिर्ता नदिने नियतका सञ्चालकहरुलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भदौ १२ गते नै सहकारीका नाममा जनताको करोडौँ रकम अपचल गरेर मस्ती मारिरहेका गितेन्द्रबाबु राई समूहको नेपालभरको जग्गा रोक्का गरिसकेको थियो । यसपछि यता सहकारीका सञ्चालकहरु तिल्मिलाए, उता राई समूहकै नाममा कास्की, रुपन्देही र काठमाडौँका सहकारी पीडितहरु पनि जुर्मुराए ।
वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले यति एक्सन नलिएको भए अन्यत्र पनि विवाद बढ्थेन, भएभरको लुट धन्दा बाहिर आउथेन र देश छाडेर भाग्नु पर्थेन भन्दै राई समूह पनि वीरगंजका मेयर सिंहमाथि खनिन सुरु भएका हुन् । राई देश छाडेर मलेसिया पुगेको अनुमान गरिएको छ । उनको समूहले देशभरका जनताको १६ अर्ब रुपैयाँ भन्दा बढी ठगेको पाइएको छ । राई समूहको दशाको सुरुवात गराउने सिंहविरुद्ध राई समूहकै निकट रहेकाले मिडियाबाजी त गरेकै थिए, वीरगंजमा पनि जनताको पैसामा तर मार्ने, राज्यधन लुटेर धर्मका नाममा सटर भाडामा लगाउने र राजनीतिक आडमा महानगरको करोडौँको जग्गालाई निजी आम्दानीमा पार्नेहरु हूल बाँधेर नगर प्रमुख सिंहको ‘तेजोबध’ गर्न तन, मन, धन लगाइरहेको लुकेको छैन । अहिले महानगर प्रमुखविरुद्ध जति पनि षड्यन्त्र भइरहेको छ, त्यसमा कसले कति खर्च गरेर शक्तिकेन्द्रलाई प्रभावमा पार्ने भन्नेमा एउटा समूह अरबी घोडाको गतिमा दौडिरहेको छ । त्यो समूहको दौड कमजोर नहोस् भनेर महानगर प्रमुखद्वारा अनियमतता, बदमासी, भ्रष्टाचार, हिनामिना, जग्गा, मन्दिर कब्जा गरेर तर मार्न बन्द गरिएपछि त्यसको झोक फेर्न अर्को समूहले रासनपानी व्यवस्था गरिरहेको छ ।
के यी वीरगंजकै ऋण हुन् ?
गितेन्द्रबाबु राईको संस्था र सञ्चालकहरुले कति लगेछन् ?
ऋणीहरुको नाम र लगेको ऋण
१. भूपेन्द्र राई: ६५,९९,७२४ रुपैयाँ
२. बिमला पौडेल: २,०७,२२,४६४ रुपैयाँ
३. तीर्थराज लामिछाने: १,०६,०६,६२८ रुपैयाँ
४. ग्रेसी स्पुन रेस्टुरेन्ट: ८६,६९,१६० रुपैयाँ
५. नेचर हर्ब इन्टरनेश्नल: १,३७,१३,७७१ रुपैयाँ
६. नेचर नेष्ट प्रालि: १,८५,५१,२२४ रुपैयाँ
७. स्प्रिङ उड रियलस्टेट: १,०१,३४,३५३ रुपैयाँ
८. कुमार रम्तेल: ८४,०१,८५१ रुपैयाँ
९. तस्बिरन खातुन: ५७,२९,८८५ रुपैयाँ
जम्मा १०,३१,२९०६० रुपैयाँ
अन्य ठूला ऋणीहरु
१०. आकाश गुरुङ: १,०६,७७,२४१ रुपैयाँ
११. आयुष कार्की: १,०८,२५,१९१ रुपैयाँ
१२. अजयबहादुर थारु: १,०६,६९,२४५ रुपैयाँ
१३. अक्षय वाग्ले: ८६,६७,८१२ रुपैयाँ
१४. अनिल जिसी: ९६,१७,८२१ रुपैयाँ
१५. अन्जु पन्त सुवेदी: १,०४,८६,२४९ रुपैयाँ
१६. अनुप पाण्डे: ७९,२९,८२१ रुपैयाँ
१७. बबिता गुरुङ: १,०३,७८,८२२ रुपैयाँ
१८. वर्षा ढुंगाना: १,०५,५६,२४४ रुपैयाँ
१९. विशाल थापा: १,०६,००,८५२ रुपैयाँ
२०. विष्णुमाया गुरुङ: १,०६,५४,७१६ रुपैयाँ
२१. बुद्धि गुरुङ: ८६,७९,४५६ रुपैयाँ
२२. छविलाल जोशी: १,८६,९४,६०४ रुपैयाँ
२३. छविराम ढकाल: १,०४,९९,३८० रुपैयाँ
२४. छत्रमणि भट्टराई: ८६,९१,१०० रुपैयाँ
२५. दिनेश रोका: २,३९,४०,१७७ रुपैयाँ
२६. दीपा न्यौपाने: १,०६,३९,५४२ रुपैयाँ
२७. दीपक लामा: १,६७,९५,३३५ रुपैयाँ
२८. दीपक न्यौपाने: १,०५,६९,३१० रुपैयाँ
२९. दिव्या गुरुङ: १,०८,३३,५९६ रुपैयाँ
३०. हेमन्त अधिकारी: १,६७,१५,३७७ रुपैयाँ
३१. विशाल तामाङ: ६,८३,६६,२९४ रुपैयाँ
३२. नवीन आछामी: ३,४९,२६,१३८ रुपैयाँ
३३. रविना रिमाल: २,८४,९३,७७९ रुपैयाँ
३४. गुण्जना गुरुङ: १,०४,१५,३७५ रुपैयाँ
३५. ज्ञानबहादुर बम्जन: १,२९,०३,७१४ रुपैयाँ
३६. हीरादेवी पुन: ७८,२६,३९४ रुपैयाँ
३७. ईश्वर चालिसे: १,०४,९०,१४८ रुपैयाँ
३८. कल्पना गिरी: १,०४,५४,७९४ रुपैयाँ
३९. कल्पना सुवेदी: १,४५,०५,८७५ रुपैयाँ
४०. कुन्दन थापा: १,१८,४१,९६९ रुपैयाँ
४१. लक्ष्मण प्रसाद चापागाईं: ९३,८७,८१९ रुपैयाँ
४२. लक्ष्मी कार्की: १,०७,८१,७२० रुपैयाँ
४३. लिंका शाक्य: १,०३,९९,३२४ रुपैयाँ
४४. लोकनाथ शर्मा: १,०९,८५,५९९ रुपैयाँ
४५. महेश गुरुङ: ९८,६५,५८६ रुपैयाँ
४६. ममता नेपाली: १,१२,५६,५४२ रुपैयाँ
४७. मनिषा विक: १,०७,८५,४०० रुपैयाँ
४८. मुना अधिकारी: १,१८,७१,३१५ रुपैयाँ
४९. नवीन सुवेदी: ९०,११,३३७ रुपैयाँ
५०. नीता थापा: १,०७,८९,५१५ रुपैयाँ
५१. ओम प्रकाश गुरुङ: १,०७,११,०९० रुपैयाँ
५२. पविना केसी: १,०५,६६,२२० रुपैयाँ
५३. पार्वती राणा: १,०८,१४,५६५ रुपैयाँ
५४. प्रगति श्रेष्ठ: १,०६,१४,२१५ रुपैयाँ
५५. पुष्पा थापा: १,०५,५३,६६९ रुपैयाँ
५६. रचना श्रेष्ठ: ८६,५६,१६८ रुपैयाँ
५७. रेखा मिदुम: १,०७,१६,४०६ रुपैयाँ
५८. रोशनी गुरुङ: १,२८,१७,८९८ रुपैयाँ
५९. रुपा पुन: १,९५,१६,४३३ रुपैयाँ
६०. सागर केसी: १,१७,५८,१३६ रुपैयाँ
६१. समिता श्रेष्ठ: ८६,७०,१४१ रुपैयाँ
६२. सञ्चिता गौतम: १,१२,३४,२७५ रुपैयाँ
६३. सञ्जय डंगोल: ७९,२९,८२१ रुपैयाँ
६४. सरद लुईंटेल: ७९,३३,०७६ रुपैयाँ
६५. सरिता कार्की: १,०४,०६,६३७ रुपैयाँ
६६. सोनी गुरुङ: ९९,९९,२७३ रुपैयाँ
६७. सुबोध भट्ट: ७८,९५,७५८ रुपैयाँ
६८. सुमन भण्डारी: ८४,०५,१५१ रुपैयाँ
६९. सुनिता गुरुङ: १,१३,१७,९८१ रुपैयाँ
७०. सुनिता पुन: १,०५,३२,५९४ रुपैयाँ
७१. सुरज श्रेष्ठ: १,०६,४७,१४८ रुपैयाँ
७२. सूर्या चुवाई: १,०५,०६,६७२ रुपैयाँ
७३. सुस्मिता मानन्धर: १,६४,३४,३९७ रुपैयाँ
७४. सुस्मिता शर्मा: १,०९,५०,७०१ रुपैयाँ
७५. स्यान्ड्रिक राजभण्डारी: १,१०,९९,६६६ रुपैयाँ
जम्माः ८३,३१,६८,६१९ रुपैयाँ
स्रोतः सानो पाइला सहकारी