पर्सामा अनुचित लेनदेनका पाँच सय सात उजुरी फछ्र्योट

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी परेको उजुरीमध्ये ५ सय ७ वटा उजुरी फछर्योट गरी बाँकी १ हजार ३ सय ६६ उजुरीका फाईलहरु आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सालाई बुझाएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा पीडित एवम् उपस्थित भएर तथा अनलाइनबाट १ हजार ८ सय ५५ उजुरी दर्ता भएकोमा ति मध्ये छलफलको विधिबाट ५ सय ७ वटा उजुरी पीडितको पक्षमा फछ्र्योट गरिएको र २ वटा मुद्दामा गई अदालतबाट फछ्र्योट हुने क्रममा रहेको जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जानकारी दिए ।

अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग’ को म्याद सकिएपछि गृह मन्त्रालयले बाँकी रहेका र नयाँ आउने उजुरी हेर्ने र विवाद निरुपण गर्ने जिम्मा जिल्ला प्रशासनबाट जिल्ला प्रहरीलाई जिम्मा लगाएसँगै फछ्र्योट हुन बाँकी रहेको १ हजार ३ सय ६६ फाईल आवश्यक कारवाहीका लागि बुधबार जिल्ला प्रहरी कार्यालय पर्सालाई बुझाईएको सहायक प्रमुख जिल्ला अधिकारी लम्सालले बताए ।

गृहमन्त्रालयले ‘अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी उजुरी संकलन तथा फछ्र्योट लागि कार्यसम्पादन कार्यविधि’ जारी गरेको र जसमा जाँचबुझ आयोगले जिल्ला प्रशासन कार्यालयमा पठाएर विचाराधीन रहेको उजुरी जिल्ला प्रहरी कार्यालयमा पठाउन निर्देशन दिएसँगै बाँकी रहेका उजुरीको आवश्यक कारवाहीका लागि प्रहरी कार्यालयमा पठाईएको लम्सालले जानकारी दिए । गृह मन्त्रालयको निर्णयसँग अब मिटर ब्याजी सम्बन्धी नयाँ उजुरी लिने र हाल विचाराधीन र नयाँ दर्ता हुने मिटरब्याजका उजुरीहरुमा प्रहरीले मेलमिलापको प्रयास समेत गर्ने जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक ध्रुव कुमार श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button