मन्त्रीको स्वागतमा विद्यार्थीको विरोध

[mashshare]

मधेशदृष्टि
महोत्तरी ।
सदरमुकाम जलेश्वरस्थित राविम क्याम्पसमा मधेश प्रदेशका नवनियुक्त शिक्षामन्त्री रानी कुमारी तिवारीको स्वागत कार्यक्रममा थमन विकको हत्याको आरोपमा महोत्तरी जिल्ला अदालतबाट दोषी करार भई फरार सूचीमा रहेका क्याम्पस व्यवस्थापक समितिका अध्यक्ष देवेन्द्र चौधरी उपस्थित भएपछि विद्यार्थीले विरोध गरेका छन् ।

कार्यक्रममा प्रमुख अथितिका रुपमा शिक्षामन्त्री तिवारीका साथै राजनीतिक दलका नेता एवम् शिक्षकको उपस्थिति थियोे । कार्यक्रम शुरुवात भएलगत्तै विद्यार्थीले व्यवस्थापन समितिका अध्यक्षको विरोधमा नाराबाजी गरेका थिए । शुरुवातदेखि नै अध्यक्षले विकास तथा अध्ययन अध्यापनको अवरोधक रहेको आरोप लागेको छ ।

राविम क्याम्पस जलेश्वरको बिगत सात वर्षदेखि व्यवस्थापन समिति सदस्यसमेत रहेका मन्त्री तिवारीले हालसम्म विद्यार्थी हकहितका विषयमा नभएर पदीय लाभ मात्र लिएकाले पनि बिरोध गरेको विद्यार्थीको तर्क थियोे । यसैबीच राविम क्याम्पस जलेश्वरका सबै विद्यार्थी नाराबाजी र विरोध गर्दै कार्यक्रमबाट बाहिरिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button