मधेशमा जसपाको मुख्यमन्त्रीः यादव

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
पर्सा निर्वाचन क्षेत्र नम्बर १ का संघीय सांसद एवम् पूर्वमन्त्री प्रदीप यादवले मधेशमा उपेन्द्र यादवको दोकान बन्द भएको टिप्पणी गरेका छन् । शुक्रबार विहान काठमाडौँबाट पार्टी काम विशेषले गृह जिल्ला पर्सा आइपुगेका नेता यादव यादवले यस्तो बताएका हुन् । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा उपमहासचिवसमेत रहेका सांसद यादवले उपेन्द्र यादवले मधेशी जनतालाई पटकपटक धोका दिएको एवम् मधेशी जनताको हत्या गरेको आरोप लगाए ।

उपेन्द्र यादव गद्दार र हिटलर शैलीका नेता रहेको बताउँदै सांसद यादवले १७ वर्षमा उनमा कुनै सुधार नआएको दाबी गरे । उपेन्द्र यादवकै कारण आफूहरु पार्टीबाट अलग भएको यादवले आरोप लगाए । अब मधेशमा काम गर्ने सबै पार्टीसँग सहकार्य, एकता गर्नु परे पनि एकता गर्ने र मधेशी जनताको अधिकार सुनिश्चित गर्ने काममा अगाडि बढ्ने नेता यादवले बताए ।

नेता यादवले मधेश प्रदेशमा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको नेतृत्वमा सरकार बन्ने दाबी गरे । उपेन्द्र यादव योजना बिक्री गर्ने नेता रहेको बताउँदै नेता यादवले आफू मन्त्री बन्न पार्टी नफुटाएको दाबी गरे । बरु उपेन्द्र यादव मन्त्रीबिना बाँच्न नसक्ने नेता रहेको यादवले आरोप लगाए । पर्सामा र मधेश प्रदेशमा बलियो रहेको उपमहासचिव यादवको जिकिर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button