
वीरगंज ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुङ्गेलको सरुवा भएको छ। ढुङ्गेल अब नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा महाशाखा, नक्साल काठमाडौंमा कार्यरत हुने भएका छन्।
पर्सामा एसपी ढुङ्गेलको स्थानमा मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट गौतम मिश्र आउने भएका छन्।
त्यस्तै, जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी महेन्द्र खड्काको पनि सरुवा भएको छ। उनको स्थानमा कर्णाली प्रदेश प्रहरी कार्यालय, मानवस्रोत व्यवस्थापन शाखाबाट सन्तोष तामाङ आउने भएका छन्।
नेपाल प्रहरीले एसपी ढुङ्गेल र खड्कासहित १७ जना प्रहरी उपरीक्षकहरूको सरुवा तथा काज सरुवा गरेको जानकारी दिएको छ।
एसपी ढुङ्गेलले पर्सामा करिब ११ महिना आफ्नो कार्यकाल पूरा गरेका थिए।