प्रधानमन्त्रीद्वारा पदबहाली

नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदबहाली गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार नै राष्ट्रपति भवन, शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि प्रधानमन्त्री ओलीले लैनचौरस्थित शहीद पार्कमा शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरे ।

च्यासलस्थित नेकपा एमालेको कार्यालयमा जननेता मदन भण्डारीको सालिकमा माल्यार्पण गरेपछि प्रधानमन्त्री ओलीले सिंहदरबारमा कार्यभार सम्हालेका हुन् । प्रधानमन्त्री ओली कार्यालय प्रवेश गर्दा नेपाल सरकारका निमित्त मुख्यसचिव लीलादेवी गड्तौला, सचिवलगायत उच्चअधिकारीहरूले उनलाई स्वागत गरेका थिए । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ७६ (२) बमोजिम नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा एमालेका अध्यक्ष ओलीलाई आइतबार मुलुकको ४५औँ प्रधानमन्त्रीका रुपमा नियुक्त गरेका थिए ।

प्रधानमन्त्री नियुक्तिविरुद्ध सर्वोच्चमा रिट
प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । प्रधानमन्त्रीमा ओलीको नियुक्ति गैरसंवैधानिक भन्दै अधिवक्ताहरू दीपक अधिकारी, खगेन्द्रप्रसाद चापागाईं र शैलेन्द्रकुमार गुप्ताले उत्प्रेषणयुक्त परमादेश माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेका अनुसार रिटमाथि सुनुवाइका लागि साउन ६ गते पेसी तोकिएको छ ।

रिटमा संविधानको धारा ७६(२) बमोजिम सरकारले विश्वासको मत नपाएको अवस्थामा सरकार गठनका लागि राष्ट्रपतिले संविधानको धारा ७६(३) बमोजिम सरकार गठनका लागि आह्वान गर्नुपर्ने उल्लेख गरिएको छ । रिटमा राष्ट्रपति कार्यालय, संघीय संसद् सचिवालय, कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीललगायतलाई विपक्षी बनाइएको छ ।

ओली सरकारमा एक चौथाइ मधेशका मन्त्री

मन्त्रिपरिषद्मा दुई महिला, दलित प्रतिनिधित्व शून्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button