
मधेशदृष्टि
काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिपरिषद् गठनका छन् । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार नै पद तथा गोपनीयताको खुवाएका हुन् । प्रधानमन्त्री ओलीले विष्णुप्रसाद पौडेललाई उपप्रधान एवं अर्थमन्त्री र प्रकाशमान सिंहलाई उपप्रधान एवं शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
दुई जना महिला, दलित शून्य
ओली नेतृत्वको सरकारमा कांग्रेसबाट १०, एमालेबाट ८, जनता समाजवादी पार्टीबाट २ र लोकतान्त्रिक समाजवादी पार्टीबाट १ गरी २१ मन्त्री समेटिएका छन् । संविधानले २५ सदस्यीय मन्त्रिपरिषद् बनाउन पाइने सुविधा दिएको छ । त्यसैले प्रधानमन्त्रीले अब ३ जना राज्यमन्त्री मात्र नियुक्त सक्नेछन्। २२ सदस्यीय मन्त्रिपरिषद्मा दुई जना महिला मन्त्री बनेका छन् भने दलित समुदायबाट भने एक जना पनि मन्त्री नियुक्त भएका छैनन् ।
पहिलो पटक मन्त्री बनेका नौ सांसद
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा नौ जना सांसदहरु पहिलो पटक मन्त्री बनेका छन् । दुई जना उपप्रधानसहित २२ सदस्यीय मन्त्रीपषिद्मा प्रधानमन्त्री ओलीले नियुक्त गरेका २१ मध्ये नौ जना पहिलोपटक मन्त्री बनेका सांसदहरु हुन् ।
नेपाली कांग्रेसबाट परराष्ट्रमन्त्री आरजु राणा देउवा, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, पर्यटनमन्त्री बद्री पाण्डे, कृषिमन्त्री रामनाथ अधिकारी र वनमन्त्री ऐनबहादुर शाही पहिलो पटक मन्त्री बनेका हुन् । त्यसैगरी, नेकपा एमालेबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, शिक्षामन्त्री विद्या भट्टराई, रक्षामन्त्री मानवीर राई र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता पहिलो पटक मन्त्री बनेका छन् ।
पर्साबाट तीन जना मन्त्री
केपी शर्मा ओली नेतृत्वको नवगठित २२ सदस्यीय मन्त्रिपरिषदमा पर्सा जिल्लाबाट तीन जना मन्त्री बनेका छन् । पर्सा–१ बाट निर्वाचित सांसद जनता समाजवादी पार्टीका प्रदीप यादव खानेपानी तथा सरसफाई मन्त्री, पर्सा–२ बाट निर्वाचित सांसद नेपाली कांग्रेसका अजयकुमार चौरसिया कानुन न्याय तथा संसदीय मामिला मन्त्री र पर्सा–३ बाट निर्वाचित सांसद नेकपा एमालेका राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका हुन् ।
मन्त्रीहरुको कार्यविभाजन यसप्रकार छ:–
१. केपी शर्मा ओली, प्रधानमन्त्री
२. प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास
३. विष्णु पौडेल, उपप्रधान तथा अर्थ
४. पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना मन्त्रालय
५. रमेश लेखक, गृह
६. शरतसिंह भण्डारी, श्रम तथा रोजगार
७. आरजु राणा देउवा, परराष्ट्र
८. नवलकिशोर साह सुडी, महिला बालबालिका
९. बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी
१०. दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति
११. देवेन्द्र दाहाल, भौतिक पूर्वाधार तथा यातायात
१२. तेजुलाल चौधरी, युवा तथा खेलकुद
१३. प्रदीप यादव, खानेपानी
१४. प्रदीप पौडेल, स्वास्थ्य
१५. अजय चौरसिया, कानुन न्याय तथा संसदीय मामिला
१६. बद्री प्रसाद पाण्डे, पर्यटन
१७. रामनाथ अधिकारी, कृषि
१८. विद्या भट्टराई, शिक्षा विज्ञान तथा प्रविधि
१९. मानवीर राई, रक्षा
२०. दीपक खड्का, जलस्रोत तथा ऊर्जा
२१. राजकुमार गुप्ता, संघीय मामिला तथा सामान्य
२२. ऐनबहादुर शाही ठकुरी, वन तथा वातावरण






