आजपाको चितवन जिल्ला भेला सम्पन्न, अध्यक्षमा तुलबहादुर

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
आम जनता पार्टी (आजपा)को चितवन जिल्ला भेला सम्पन्न भएको छ । भेलाबाट तुलबहादुर थापा मगरको अध्यक्षतामा ५१ सदस्यीय चितवन जिल्ला कमिटी गठन गरेको छ । उद्योग वाणिज्य संघ नारायणगढको सभा हलमा शनिबार सम्पन्न भेलाबाट उपाध्यक्षद्धयमा रामायण साह र राजजी विक, सचिवमा श्याम पटेल, सहसचिवमा निराजन साह र कोषाध्यक्षमा कौशिला बराल सहित सदस्यहरु निर्विरोध निर्वाचित भए ।

चितवन जिल्लाको आजपा इन्चार्ज मिनबहादुर खत्री रहेका छन् । यसैगरी सोही भेलाबाट आजपा निकटको विभिन्न जनवर्गीय संगठनहरु समेत गठन भएको छ । आम महिला मोर्चाको चितवन जिल्ला कमिटीको अध्यक्षमा अस्मिता ठकुरी, सचिवमा पबित्रा ठकुरी लगायतका रहेका छन् । यस्तै आईटी आर्मी चितवन जिल्ला कमिटीको अध्यक्षमा विक्रम गुरुङ, सचिवमा निकाश मगर, कोषाध्यक्षमा श्रीराम सेढाई सहित ५१ सदस्यीय रहेका छन् ।

यस्तै आम विद्यार्थी मोर्चा चितवन जिल्ला कमिटीको अध्यक्षमा संदिप कुशवाहा, आम किसान मोर्चाको जिल्ला अध्यक्षमा रंजित मगर, आम सुकुम्बासी मोर्चाको जिल्ला अध्यक्षमा लालबहादुरको नेतृत्वमा कमिटीहरु गठन भएको आइटी आर्मीका केन्द्रीय सदस्य रामशरण यादवले बताए । भेलाले आजपाद्धारा चैत २४ गते काठमाडौं गर्ने जनप्रर्दशमा भब्य जनसहभागीता गराउने निर्णय गरेको छ । देशमा बढदो भ्रष्टाचार एवम् लुटकारी दलतन्त्रको बिरुद्धमा आजपाले चैत २४ गते काठमाडौंमा जनप्रदर्शन गर्दैछ ।

आजपा चितवन जिल्ला कमिटीका नवनिर्वाचित अध्यक्ष तुलबहादुर थापा मगरको अध्यक्षतामा सम्पन्न भेलामा आजपाका वरिष्ठ उपाध्यक्षमा उपेन्द्र साह, उपाध्यक्ष अरुण घिसिङ, सचिव उमेश कुशवाहा लगायतको सहभागिता रहेको थियो ।

आजपामा प्रवेश
विभिन्न पार्टीमा आबद्ध पुराना कम्युनिष्ट नेताहरुले पार्टी परित्याग गरी आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् । आजपाको काठमाडौं स्थित पार्टी केन्द्रीय कार्यालयमा शनिबार विभिन्न पार्टी परित्याग गरी नेताहरु आजपामा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई आजपा अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले पार्टीमा स्वागत गरेका छन् ।

पूरानो वामपन्थी नेता भाईकाजी सापकोटा, गुरू बालकृष्ण अचार्य, युवा नेता राहुल बुढामगर, भरत श्रेष्ठ, लक्ष्मी दाहाल सहित दर्जनौं अगुवा नेताहरु विभिन्न पार्टी परित्याग गरी विधिवत रुपमा आजपामा प्रवेश गरेका हुन् । देशमा विद्यमान सबैखाले बेथीति, भ्रष्टाचार र वर्तमान संकट समाधान गर्दै मुलुकलाई अग्रगमनको दिशामा अगाडि बढाउने संकल्प सहित आजपामा दिनानुदिन प्रवेशको लहर बढ्दै गएको छ । यसैबीच शनिबार नै आजपा निकटको आम जनजाती महासंघको केन्द्रीय समितिको बिस्तारित बैठक सम्पन्न भएको छ ।

भक्तपुरको सूर्यबिनायक स्थित शुभकामना पार्टी प्यालेसमा सम्पन्न महासंघको बैठकले पहिचान र अधिकारको मुद्धालाई जोडदार ढंगले उठाउँने निर्णय गरेको छ । आजपा अध्यक्ष प्रभु साहको प्रमुख आथित्यमा महासंघको बैठकले पहिचान र अधिकारका लागि चैत २४ गते काठमाडौंमा जनप्रदर्शन गर्ने निर्णय समेत गरेको छ । जनआन्दोलन दिवसको अवसरमा भ्रष्टाचार एवं लुटकारी ब्यवस्थाको बिरुद्धमा आजपाद्धारा चैत्र २४ गते काठमाण्डौंमा हुने जनप्रदर्शनलाई प्रभावकारी बनाउने प्रतिबद्धता समेत बैठकले व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button