‘बसरुद्दिनले दाइलाई ज्यान मार्ने धम्की दिए’

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
मुस्लिम समुदायमा ‘सब्यबरात’ सुरु भएको छ । यो पर्वमा पितृहरु सम्झिइने गरिन्छ । पर्वमा रातभर जाग्राम बसेर बिहान चिहानघर (कब्रस्तान) पुगेर नमाज पढ्नुअघि पितृसँग आशीर्वाद माग्ने, पितृको स्वर्गमा बासको कामना गर्ने गरिन्छ । सब्यबरातको १२ देखि १४ दिनपछि रमजान पर्व सुरु हुन्छ । यसपालि रमजान फागुन २५ गतेदेखि सुरु हुँदैछ । यस्तो पितृको सम्मानमा मनाइने पर्वको आगमनमा वीरगंजमा भने मेडिकल व्यवसायी घरानाका रुपमा देशमै परिचित एउटा मुस्लिम घरानामा शेयर सम्पत्ति र कलेजको पदको विवाद चर्किएको छ । नेशनल मेडिकल कलेजका सञ्चालक बसरुद्दिन अन्सारीको घरानामा दाजु जैनुद्दिन र भाइ बसरुद्दिनबीच बढेको शेयरसम्पत्ति र पद बाँडफाँडको विवादले वीरगंज तातिएको छ ।

नेशनल मेडिकल कलेज वीरगंजमा शेयर सम्पत्तिसम्बन्धी दाजुभाइको विवाद सतहमा आएको छ । दाजुभाइको परिवारबीच देखिएको सम्पत्ति विवादका कारण नेशनल मेडिकल कलेज संकटमा पर्ने संकेत गरिरहेको छ । कलेजको सम्पत्ति भागवण्डाको विषयलाई लिएर दाजु जैनुद्दिन अन्सारी र भाइ बसरुद्दिन अन्सारीबीच पारिवारिक विवाद उत्कर्षमा पुगेको हो । दुवै परिवारले एकअर्कामा आरोप लगाउँदै ज्यान मार्ने धम्कीसमेत दिइएको भनेर पत्रकार सम्मेलन भएपछि कलेजको भविष्य संकटमा पर्ने संकेत गरेको हो । अध्यक्ष जैनुद्दिन अन्सारीले मेडिकल कलेजको प्रबन्ध निर्देशक (एमडी) बाट भाइ बसरुद्दिनलाई हटाएर छोरा शाहनबाज अन्सारीलाई नियुक्त गरेपछि दुई दाजुभाइको विवाद सतहमा पुगेको हो ।

शुक्रबार अध्यक्ष जैनुद्दिनले छोरा शाहनबाजलाई एमडी नियुक्त गरिएको निर्णय सञ्चारमाध्यमा सामाजिक सञ्जालबाट सार्वजनिक गरेपछि विवाद बढेको हो । शाहनबाज एमडीमा नियुक्त गरिएको निर्णय विभिन्न माध्यमबाट सार्वजनिक भएपछि भाइ बसरुद्दिनले मेडिकल कलेजको एमडी आफू नै यथावत रहेको र अध्यक्ष पनि आफैँ बनेको भन्दै सामाजिक सञ्जालमार्फत प्रचारबाजी गरेका थिए । दुई भाइको सम्पत्ति र पदमा दाबीपछि उत्पन्न विवादमा आइतबार जैनुद्दिनका छोरा तथा मेडिकल कलेजका नवनियुक्त एमडी शाहनबाजले पत्रकार सम्मेलन गरेर काकामाथि अरु संगीन आरोप लगाएका छन् । उनले भने, ‘मेडिकल कलेजको एमडीबाट हटाइएपछि बसरुद्दिनले अध्यक्ष जैनुद्दिनलाई ज्यान मार्ने धम्की दिएका छन् ।’ उनले काकाको धम्कीपछि अध्यक्ष जैनुद्दिनले जिउज्यान सुरक्षा माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दर्तासमेत गराइसकेको पत्रकार सम्मेलनमा जानकारी दिए ।

पत्रकार सम्मेलनमा शाहनबाजले मेडिकल कलेजको सञ्चालक समितिले फागुन ४ गतेदेखि लागु हुनेगरी आफूलाई एमडी नियुक्त गरिएको बताए । पत्रकार सम्मेलनमा शाहनबाजले यसअघिका एमडी बसरुद्दिनको कार्यशैली र गतिविधिमा कैफियत देखिएपछि सञ्चालक समितिले उनलाई एमडी पदबाट हटाएको बताए । परिवारबाटै राजनीतिमा पनि क्रियाशील बसरुद्दिनमाथि संगीन आरोप लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button