
मधेशदृष्टि
वीरगंज ।
भारतीय महावाणिज्य दूतावासका महावाणिज्य दूत देवी सहाय मीनाले वीरगंजस्थित पशुपति शिक्षा मन्दिर विद्यालयको अवलोकन गरेका छन् । उनलाई पशुपति शिक्षा मन्दिरका अध्यक्ष अशोक कुमार वैद्यले विद्यालय परिसरमा स्वागत गरेका थिए । विद्यालय वास्तवमै शिक्षाको मन्दिर भएको उल्लेख गर्दै देवी सहाय मीनाले विद्यालयबाटै शिक्षा र संस्कार सिकिने भएकाले भारत सरकारले पनि शिक्षालाई पहिलो प्राथमिकता दिएर काम गर्दै आइरहेको बताए । नेपालको शैक्षिक स्थिति सुदृढीकरणका लागि भारत सधै सकारात्मक रहेको र सोही अनुरुप भारतले विभिन्न विद्यालयमा सहयोग गर्दै आएको स्मरण गराए ।
सो अवसरमा वीरगंज महानगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष सुशिल साह कानुले पनि विद्यालय सुधार भएमा सबै क्षेत्र सुधार हुने धारणा राखे । आफ्नो वडा मातहतका सबै विद्यालयमा निरन्तर अनुगमन तथा शिक्षासँग सरोकार राख्नेहरुसँग निरन्तर छलफल गर्दै काम गरीरहेको उनले बताए । साथै उनले पशुपति शिक्षा मन्दिरमा पनि वडाले सक्ने सहयोग गर्ने आश्वासन दिए ।
विद्यालयका अध्यक्ष एवम् व्यवसायी अशोक कुमार वैद्यको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा विद्यार्थीहरुले स्वागत गीत मार्फत अतिथीको स्वागत गरेका थिए । कार्यक्रममा विद्यालयका सचिव एवम् वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाल, कार्यकारी सदस्य नीरज सर्राफ, विद्यालयका प्रधानाध्याष्क अवधेश मिश्र लगायतको उपस्थिती रहेको थियो ।
००००