४० हजारले ग्रहण गरे प्रसाद

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
वीरगंजस्थित गहवामाईको दोश्रो रथयात्रा आइतबार भव्यरुपमा सम्पन्न भएसँगै सोमबार महाप्रसाद भण्डारा वितरणमा ४० हजारले सहभागिता जनाएका छन् । १५ वटा स्टलमा ४० हजार भन्दा बढीले महाप्रसाद ग्रहण गरेको रथयात्रा आयोजक समितिका संयोजक श्याम पोखरेलले जानकारी दिए ।

साथै प्रसाद तयार गर्न र वितरण गर्न ६ सय स्वयम्सेवक खटिएका छन् । ऐतिहासिक गहवामाई मन्दिरको १२ औँ वार्षिकउत्सवका अवसरमा वीरगंजमा दोश्रोपटक आइतबार रथयात्रा निकालिएको थियोे । वीरगंज महानगरपालिकाले नगर क्षेत्रभित्र माछामासु तथा मदिरा बिक्री वितरणमा आइतबार र सोमबार रोक लगाएको थियो ।

वीरगंजलाई धार्मिक पर्यटन केन्द्र बनाउने उद्देश्यले विभिन्न समयमा महाआरती, रथायात्रालगायतका कार्यक्रम हुुँदै आएका छन् । यसअघि २०८० असार ५ गते रथयात्रा निकालिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button