रूपनगरमा उर्जा, जलस्रोत र बाढी विषयमा प्राज्ञिक विमर्श

[mashshare]

मधेशदृष्टि
सप्तरी ।
सप्तरीको रुपनगर क्याम्पसमा उर्जा, जलस्रोत र बाढी विषयमा प्राज्ञिक विमर्श गरिएको छ । मंगलबार रुपनगर क्याम्पसमा उर्जा, जलस्रोत र बाढी जस्ता विषयमा स्थलगत् अनुसन्धान र ‘ग्राउण्ड’ को यथार्थका जानकार प्राज्ञ दीपक ज्ञवालीको उपस्थितिमा प्राज्ञिक विर्मश कार्यक्रम गरिएको हो । रुपनगर क्याम्पसका प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलको आमन्त्रणमा रूपनगर आएका प्राज्ञ ज्ञवालीको उपस्थितिमा उर्जा, जलस्रोत र बाढी विषयमा प्राज्ञिक विमर्श गरिएको हो ।

उक्त प्राज्ञिक विमर्श कार्यक्रममा बर्सेनि धेरै जनधनको क्षति गर्ने तर नीति निर्माण तहमा त्यति महत्व नदिइने ‘सिमान्तकृत’ साना खोला नालाका समस्या कसरी समाधान गर्ने ? उर्जा तथा जलस्रोतको दिगो उपयोग कसरी गर्ने ? नदीलाई दिगो ढङ्गले मावन हितमा प्रयोग गर्ने उपायलगायतका विषयमा विमर्श गरिएको प्राध्यापक गजुरेलले बताए ।

रूपनगर क्याम्पसमा आयोजित कार्यक्रममा पूर्व मन्त्रीद्वय जय प्रकाश गुप्ता र हेमराज तातेड, रूपनगर नन्दराज संग्रौला क्याम्पसका सञ्चालक समिति सदस्य तथा कञ्चनरूप १२ का वडा अध्यक्ष देवि वहादुर खत्री, क्याम्पस सञ्चालक समिति सदस्य हेम प्रसाद अधिकारी, क्याम्पस प्रमुख प्राध्यापक दीपक कुमार गजुरेल, कोशी पीडित सरोकार समाजका अध्यक्ष देव नारायण यादवलगायत यस क्षेत्रका विज्ञ, अनुभवी वरिष्ठ व्यक्तित्व र पत्रकारहरूको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button