
मधेशदृष्टि
वीरगंज ।
प्रेमिकाले बलात्कारकाे आराेप लगाउँदै उजुरी दिएपछि काठमाडाैँमा बारा, काेल्ह्वीका डाक्टर पक्राउ परेका छन् ।
प्रहरीले ३६ वर्षीय डाक्टर चन्द्र भूषण चौधरीलाई पक्राउ गरेकाे हाे । चाैधरीले विवाहकाे प्रलोभन देखाएर धोखा दिएको आरोप २६ वर्षीया प्रेमिकाको छ । चौधरीले युवतीसँग प्रेममा रहेको स्वीकार्दै परिवारले विवाहका लागि स्वीकृति नदिएकाे बताए ।
चौधरी २०७५ सालमा बंगलादेशबाट एमबिबिएस सकेर नेपाल फर्किएका हुन् ।