
मधेशदृष्टि
जनकपुरधाम ।
मधेश प्रदेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री युवराज भटटराईले प्रदेश सरकारले पर्यटनलाई आर्थिक उपार्जनसँग जोडेर दीर्घकालीन योजनाको साथ कार्य गरिरहेको बताए । उनले सरकारले मधेशको दुई दुई वटा जिल्लालाई समेटेर पर्यटकीय पूर्वाधारको विकास गरेर अगाडि बढन खोजेको बताए ।
मन्त्रालयले आयोजना गरेको पर्यटन क्षेत्रसँग सम्बन्धीत सरोवालाहरुसँग छलफल तथा अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले विगतमा पर्यटनका योजनाहरु संचालन गरिएपनि त्यसलाई दीर्घकालीन योजनासँग नजोडिएको कारणले गर्दा पर्यटकीय क्षेत्रको विकास समेत नभएको र बजेट पनि टुक्रामा मात्रै खर्च भएर देखिने गरि कार्यहरु नभएको कारणले समस्याहरु देखिएको बताए । उनले यसको लागि यस पटक सरकार मधेश प्रदेशको आठ वटै जिल्लालाई समेटेर एउटा सर्किट बनाउने र सोही सर्किटको आधारमा बजेट खर्च गर्ने तयारी गरेको बताए । उनले भने, ‘हामीले महोत्तरी र धनुषालाई मिलिाएर जानकारी सर्किट, सप्तरी र सिरहालाई मिलाएर सलहेस र छिनमस्ता सर्किट, सर्लाही र रौतटहलाई मिलाएर नुनथर सर्किट र बारा तथा पर्सालाई मिलाएर पर्सा निकुन्ज सर्किट बनाउन तयारीमा छौँ, सोही आधारमा हामीले पर्यटकीय पूर्वाधारको विकास गर्छौं ।
मन्त्री भटटराईले सरकार यस पटक आफनो नीति कार्यक्रमहरुलाई पर्यटनसँग जोडन विशेष नीतिको निर्माण गर्ने तयारी गरेको बताए । उनले जनकपुरधामलाई अयोध्यायसँग जोडेर त्यहाँबाट पर्यटक ल्याउन समेत सहज यातायातको व्यवस्था गर्ने तयारी रहेको बताए । उनले यसको लागि अन्य पूर्वाधाकारहरुको समेत विकासहरु गरिरहेको बताए । भटटराईले पर्यटकलाई ल्याउन र उनीहरुको समस्याहरुलाई समधान गर्न सरकार गम्भीर रहेको बताए ।
होटल व्यवसायी विजय झुनझुनवालाले जनकपुरमा आउने पर्यटकहरु सरकारी नीतिको कारणले आउने तर नबस्ने जस्ता समस्याहरु देखिएको कारणले यसबाट आर्थिक लाभ लिन नसकेको अवस्था रहेको बताए । उनले यसको लागि सरकारले आफनो नीति पर्यटन मैत्री बनाउनुपर्नेमा जोड दिए । उद्योग मन्त्रालयका सचिव राजिव पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा अर्थ सचिव सुभाषचन्द्र ढकाल, होटल व्यवसायी हिरा गौत्तम लगाएरले आफनो धारणा राखेका थिए ।