योगले व्यक्तिलाई म ‘यो’ हुँ भन्ने कुराको अभास दिलाउँछ: देव कृपा

[mashshare]

हामी सानै देखि सुन्दै आएका छौँ, ‘उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु बेस’ , ‘गरौं योग रहौं निरोग’ तर योग गर्दा रोग मात्र निको हुने होइन् । यसले त मानिस आत्मालाई परमात्मासँग सम्बन्ध स्थापित गर्छ । अहिले दैनिक रुपमा मानिसहरु योग प्रति आकर्षित भएका छन् । योगबारे रुची राखिरहेका छन् । योग अभ्यास, योगका विभिन्न क्रिया, प्रविधिको कारण योगको विश्वव्यापीकरण भएको छ । योग अभ्यास गर्दा त्यसको सहि तरिका जान्न र बुझन जरुरी हुन्छ । सहि क्रिया गरेर योग गरियो भने सहि प्रतिफल प्राप्त हुन्छ । यहि योग र साधना बारे हामीले पतञ्जली नेपालकी केन्द्रीय सदस्य देव कृपा(रीता कार्की) सँग कुराकानी गरेका छौँ । झापाको सुरुङगामा जन्मिएकी देव कृपाको साध्वी जीवन, योगले जीवनमा ल्याएको परिवर्तन, योगको महत्व र अभ्यासबारे उनीसँग गरिएको संवादको सम्पादित अंश ।

बाल्यकालीन यो मेरो सोचाइ होइन् । १६ वर्षदेखि योग क्षेत्रमा आवद्ध छु । यो कथा जस्तो त छैन । म क्लेज लाइफ देखिनै जोडिएको हुँ । स्नातक गर्दै गर्दा म यो क्षेत्रमा जोडिएको हो । काठमाडौँमा एक महिनाको तालिमको क्रममा म योगसँग जोडिन पुगे । तालिमबाट म यो योग प्रति आकर्षित भए । यो आफ्नो पढाई र योग शिक्षालाई सँगसँगै अगाडि लगेको हो । आजभन्दा पहिले यो शिक्षा त्यति सहज थिएन । अहिले सरकारले पनि विभिन्न स्थानमा योग कक्षा स्थापना गरेको छ । पहिलो यो सबै सुविधा थिएन । यो क्षेत्रमा लागेपछि घरपरिवारले एक महिना जति केही भनेर सम्झाउन खोज्नु भयो । उता न गइदिएको भए हुन्थ्यो भन्ने उहाँहरुलाई लाग्थ्यो । उति बेला काठमाडौँमा योग शिविर सञ्चालन गर्न बिहान ५ बजे नै पुग्नु पथ्र्यो, त्यसका लागि बिहान ४ बजे नै उठनु पथ्र्यो, त्यति बेला घरपरिवारले यति बिहान नगइदिए हुन्थ्यो भन्नु हुन्थ्यो ।

जाडो महिनामा बिहान ४ बजे राति अध्यारो नै हुन्छ, अनि घरपरिवारले कहिले काहि नजाओंस भन्ने चाहन्नु हुन्थ्यो, रोक्न प्रयास गर्नु हुन्थ्यो । त्यसपछि सन्यास लिएपछि घरको मान्छेले मान्नु भयो, मान्नै पथ्र्यो । योग र साध्नामा एक प्रकारको समर्पण भाव, लगाव देखिएपछि घरपरिवारले पनि केही भन्नु भएन । सन्यास सन् २०१८ मा परमपूज्य स्वामी जी महाराजले हरिद्वारमा पहिलो पल्ट दीक्षा दिनु भयो, रामनवमीमा उहाँले दीक्षा दिनुभयो । एक सय जनाभन्दा बढी मानिसहरुले दीक्षा लिनुभयो, नेपालबाट म मात्र थिएँ । योग र साधना तर्फ लगाव भएपछि, अविवाहित रहने निर्णय गरे र यसमा लिन भए । त्यसपछि मनमा मात्र योगको भाव आउँछ, ध्यानको भाव आउँछ, सेवाको भाव आउँछ ।

म आफ्नो यो जीवनबाट सन्तुष्ट छु । अहिले संसारभरी हेर्दा, मानिसको भागदौड देख्दा, अमेरिकामा नेपाली चेली बेपत्ता भएको, भारतको बंगलामा परीक्षार्थी डाक्टर महिलाको बलात्कार घटना हेर्दा त सन्यासी जीवन नै ठिक लाग्छ । यहि सुरक्षित छ जस्तो लाग्छ, हुन त सन्यासीको जीवन सुरक्षित नै हुन्छ । खासै केही कुराको लोभ लाल्सा हुँदैन । मन भित्रबाटै नै आनन्द र खुसीको महसुस हुन्छ ।
मानिस अहिलेको जीवनमा भागदौडमा लागेका छन् । सम्पति जोड्न, सम्पति कमाउन, घर जग्गा जमिन जोड्न दौडधुप गरिरहेका छन्, त्यहि खुसीको चाहनामा तर, त्यति प्राप्त भएपनि उनीहरुले सुख वा खुसीको अनुभव गर्न सकिरहेका छैनन् । किन भने खासमा भन्ने हो भने, जीवनलाई अझ गहिराईमा बुझने हो भने, हामी जन्मिनु नै दुःख हो । हामी मानिस भएर जन्मिनु नै दुःख भोग्नलाई हो । दुःखबाट छुट्नु नै सुख हो र वास्तवमा हामी त्यही यात्रामा लागेका छौँ । योगको यात्रा भनेको पनि त्यहि दुःखबाट सुखको यात्रामा लाग्नु हो ।

सुखको मापन छैन । त्यो सुखको पछाडी धेरै दुःख छ । दुःखबाट छुट्नका लागि परिश्रम बढी गर्नुपर्छ । योग अभ्यास गर्नु पर्छ ।
हामी भन्ने गछौँ, ‘गरौं योग रहौँ निरोग’ वास्तवमा योगलाई रोगसँग मात्र जोड्ने होइन् । यो त योग गरेपछि निरोगी भइन्छ भन्ने मान्यता छ । त्यो ठिक हो । तर, त्यो भन्दा पनि धेरै माथिको कुरा हो योग । आत्मालाई परमात्मासँग जोड्नु नै वास्तविक योग हो । मानुष्य आत्मालाई मरमात्मासँग जोड्ने माध्यम नै योग हो, साध्ना र ध्यान हो । योगलाई बुझन पहिलो आफू भित्रको दुःखलाई बुझनु पर्छ । दुःख बुझिसकेपछि मात्र त्यो दुःखलाई खुसीमा बदल्न योग गर्नुपर्छ ।

योग गरेपछि जब मनुष्यको आत्मासँग परमआत्मा जोडिन्छ । अनि हामीलाई अनुभुति हुन्छ, कि जुन दुःख हामीले भोगिरहेका थियौं, त्यो दुःख योगको माध्यमबाट खुसीमा बदलिएको हुन्छ । तर, यो यात्रा अलि कठिन नै हुन्छ । मनलाई रोक्न कठिन त हुन्छ तर यो रोक्नै नसकिने होइन । श्री भागवत गीतामा पनि भनिएको छ यस्तो भयावह अवस्थ अजुनलाई पनि भएको थियो । उहाँले श्रीकृष्ण भगवानलाई भन्नु हुन्छ , हे श्रीकृष्ण भगवान, ‘वायुको वेगलाई रोक्न सकिन्छ तर मनको वेगलाई म रोकुम कसरी ? म आफैले आफुलाई चिन्न सकिनँ ।’ त्यसपछि भगवान श्रीकृष्ण भन्नु हुन्छ, ‘रोक्न सकिन्छ अर्जुन यसका लागि अभ्यास र वैराग्यमा लाग तिमी, अभ्यास र वैराग्यबाट मनको वेगलाई रोक्न सकिन्छ, नियन्त्रण गर्न सकिन्छ ।’ यता महर्षी पतञ्जली पनि भन्नुहुन्छ, ‘ मनमा उठ्ने विचारहरु, चिन्ताहरु सबैलाई योगबाट ठिक गर्न सकिन्छ । तर, योगको पालना गर्न कठिन छ ।

हजारौं गाइहरुको बथानमा पनि बाच्छोले आफ्नो आमालाई चिनेर दुध चुस्न पुग्छ नि हो त्यसरी नै मानिसहरुले योगको महत्वलाई बुझेर चिनेर योग अभ्यासमा पुग्नु हुन्छ । यो प्रारभ्द हो, आफ्नो प्राभ्दले हामी गरिरहेका छौँ, कोहि विहानै योग गर्न पुग्नुहुन्छ । कोही ८ बजेसम्म सुत्नु हुन्छ । यो सबै मानिसको आफ्नो प्राभ्द हो । जो यो बुझनु हुन्छ, कि पछि गएर यो हामीलाई फाइदा हुन्छ, त्यो व्यक्ति यहाँ जोडिनु हुन्छ ।

योग सहि तरिकाले गर्नु पर्छ । भन्ने गरिन्छ नि ‘जाने योग नजाने वियोग’ जानेर गर्यो भने यसले फाइदा पुर्याउछ । नजानी गर्यो भने यसले हानी गर्छ । पहिलो चोटी योग गर्दा योग जानेको कोही न कोही गुरु वा योग प्रशिक्षकसँग योग अभ्यास गर्नु पर्छ । योग प्रशिक्षकको निगरानीमा नै योग गर्नु उपयुक्त हुन्छ । हामी टिभी युट्युवमा हेरेर गर्छौ, हामीले टिभी हेरिरहेका छौँ तर टिभीले हामीलाई हेरेको छैन । हामीले प्रत्यक्ष रुपमा, भौतिक रुपमै योग प्रशिक्षकसँग योग अभ्यास गर्नुपर्छ । जसले हामी यति गलत गरिरहेका छौँ भने हामीलाई सच्याउने मान्छे हुन्छ । हामीले कपालभाती नै गलत तरिकाले गर्यौ भने त्यसले नकरात्मक असर गर्छ । पहिलो पटक हामी योग अभ्यास गर्दा प्रशिक्षक वा योग गुरुको निगरानीमा गरौँ । अहिले हामी पतञ्जली नेपालभरी नै छ । देशको कुना कुनामा पुगिसकेको छ । हामीसँग जोडिनकै लागि हामी आह्वान गछौँ ।

प्रति दिन गरिने हाम्रा योग प्याकेजहरु छन् । अनि रोग अनुसारको पनि योग प्याकेटहरु छन् । शरीरलाई रोगबाट बचाउन सबै भन्दा बढी ध्यान हामीले आफ्नो भान्सा मै दिनु पर्छ । खानपानमा विशेष ध्यान दिनुपर्छ । योग व्याम, अभ्यास गर्नुपर्छ । खानालाई राम्ररी खानुपर्छ । योग गर्नुपर्छ । योगले व्यक्तिलाई म यो हुँ भन्ने अभास दिलाउँछ । श्री भागवत गीतामा भनिएको छ, ‘अर्जुन तिमी केहि गर्नु र बन्नु भन्दा पहिले तिमी योगी बन ।’ योगले तपाई जे हो त्यसमा असल बन्न सहयोग गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button