छठपूजा व्यवस्थित बनाउन सुरक्षा निकायहरु प्रतिवद्ध

[mashshare]

मधेशदृष्टि
वीरगंज ।

पर्साका सुरक्षा निकाय प्रमुखहरुले बैठकले वीरगंजको घडीअर्वा पोखरीमा छठपूजाका दिन सुरक्षा प्रबन्ध चुस्त दुरुस्त बनाउने निर्णय गरेको छ । छठपूजा व्यवस्थापन समितिले घडीअर्वा पोखरी परिसरमा गरेको बैठकमा सहभागी प्रहरी, सशस्त्र प्रहरी तथा अन्य सुरक्षा निकायका अधिकारीले छठपूजाका दिन छठघाटमा आउने ब्रतालु र दर्शनार्थीलाई सहजताका लागि सुरक्षा प्रबन्ध मिलाउने प्रतिबद्धता जनाएका हुन् ।

छठपूजाका दिन घडीअर्वा छठघाट परिसर भित्र र बाहिर प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरी परिचालन हुने व्यवस्था मिलाइएको प्रहरी नायव उपरीक्षक ध्रुव कुमार श्रेष्ठले बताए । छठपूजाका दिन छठघाटमा घडीअर्वा स्पोटर्स क्लबका तर्फबाट पनि स्वयम्सेवक परिचालन गरिने छ ।

छठघाट परिसर बाहिर एम्बुलेन्स, बारुण यन्त्र र प्राथमिक उपचार शिविर राखिनुका साथै पोखरी परिसरमा एक दर्जन सिसिटिभी क्यामेरासमेत जडान गरिने छठपूजा व्यवस्थापन समिति अन्तर्गत सुरक्षा उपसमिति संयोजक मुन्ना साहले बताए । बैठकमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधि गौरी शंकर साह, सशस्त्रका प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठ, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक पुष्कर खतिवडा, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक पुष्कर बोग्टी, छठपूजा व्यवस्थापन समितिका अध्यक्ष दिलीप साह कानु, कार्यपालिका सदस्य सुशील साह कानु, छठपूजा व्यवस्थापन समितिका पूर्वअध्यक्ष प्रेम साह कानु, प्रमानन्द साह कानु, रामनगिना साह कानु, राजेन्द्र गुप्ता, वाल्मीकि साह कानु, प्रचार प्रसार उपसमिति संयोजक क्रान्ति साह, सरसफाइ उपसमिति संयोजक शम्भु साह कानु, प्रचार प्रसार उपसमितिका सदस्य प्रणय कुमार लगायतको सहभागीता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button