बिरामी निको नभएपछि ‘कम्बलवाला बाबा शिविर’मा तनाव

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
वीरगंज चिनी मिल परिसरमा धार्मिक विधिद्वारा निःशुल्क उपचार गर्न आयोजित ‘काली कम्बलवाला बाबा’को शिविर अनिश्चितकालका लागि स्थगित भएको छ । शिविरमा दैनिक नसा, प्यारालाइसिसलगायतका रोगबाट पीडित हजारौँ नेपाली र भारतीय सर्वसाधारण उपचारका लागि पुग्न थालेपछि भिड अनियन्त्रित भएको र भिडमा विभिन्न व्यक्तिले बाबाका नाममा ठगी गर्न थालेपछि बाबाले शिविर स्थगित गरेको आयोजकले बताएको छ ।

यता प्रहरीले सर्वसाधारणलाई ठगी गरी बाबा फरार भएको भन्दै शिविर आयोजना गर्ने ३ जनालाई पक्राउ गरेको छ । फागुन ३० गतेदेखि वीरगंज चिनी मिल परिसरमा आयोजित शिविरमा नेपाल र भारतबाट ठूलो संख्यामा चिकित्सकीय पदतिबाट उपचार हुन नसकेका बिरामीलाई लिएर आफन्त काली माताको शक्ति प्राप्त भनिएका बाबाको शिविरमा आइपुगेका कारण भिड थेगिनसक्नु भएको थियो । भिडसँगै उपचार गरेका बिरामी निको नभएपछि आफन्त आक्रोशित भएको र अनियन्त्रित भिड बढेपछि स्थानीय प्रशासनले शिविर स्थगित गर्न निर्देशन दिएको थियो ।

प्रशासनको निर्देशनसँगै ‘काली कम्बलवाला बाबा’ शिविर स्थगित गरी रक्सौल पुगेको स्रोतले जनाएको छ । यता, जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् डिएसपी कुमार बिक्रम थापाले बाबा फरार भएपछि उपचारका लागि आएका सर्वसाधारण आक्रोशित हुँदै शिविरस्थलमा तोडफोड तथा ढुङ्गामुढा भएको बताए । स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने आक्रोशित भिडले ढुङ्गामुढा गर्दा ३ सर्वसाधारण घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button