मगही भाषा शब्दकोशको लोकार्पण

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम ।
भुवनेश्वर महतोद्वारा लिखित आधुनिक मगही भाषा शब्दकोश पुस्तकको लोकार्पण भएको छ । जनकपुरधामको गायत्री सेवा सदन सभाकक्षमा भएको लोकार्पण समारोह काप्रमुख अतिथि मधेश प्रदेशका अर्थमन्त्री भरतप्रसाद साह रहेका थिए । सो अवसरमा उनले भाषाको कुनै सिमा नभएको भन्दै बिहार र मधेशमा ठूलो संख्यामा मगही भाषा बोल्ने गरेको बताए । कतिपय मैथिली विद्वानहरूले यसलाई मैथिली भाषाको अपभ्रंश भन्दै भ्रममा पारेका भए पनि अहिले मगही भाषाको बारेमा जनतामा चेतना बढेको उनले बताए ।

उनले भने, ‘मगही साहित्यकारहरूले पनि मगही भाषामा कथा र कविता लेख्न थालेका छन् । मगही भाषामा शब्दावलीको अभाव थियो । तर भुवनेश्वर महतोले पुस्तक प्रकाशन गरेर ती अवरोध हटाउने प्रयास गरेका छन् । मगही शब्दको नेपाली र अङ्ग्रेजीमा परिणत गर्दा बुझ्न सजिलो हुनेछ ।’ उनले यस मगही भाषाको प्रवद्र्धनका लागि सरकारबाट सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाए ।

पुस्तकका लेखक भुवनेश्वर महतो कोइरीले आसमान नेपालसँगको सहकार्यमा प्रकाशित मगही भाषाको शब्दकोशलाई आगामी संस्करणमा थप शब्दहरू समावेश गरी विस्तार गरिने बताए । उनले मगही भाषाको विकासका लागि मधेश सरकारबाट उचित पहल गर्न मन्त्री समक्ष आग्रह समेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button