विद्युत प्राधिकरणलाई उद्योगीको ध्यानाकर्षण

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
वीरगंजका उद्योगी व्यवसायीहरुले नेपालका उद्योगहरुलाई प्राथमिकतामा राखेर उद्योगलाई आवश्यक विद्युत आपूर्ति गर्न सरकारसँग माग गरेका छन् । वीरगंज पथलैया औद्योगिक कोरिडोरका उद्योगहरु विद्युत अभावका कारण प्रभावित भईरहेको बेला नेपाल विद्युत प्राधिकरणले दैनिक ४ सय मेगावाट विद्युत् निर्यात गरेको समाचारले आफूहरु दुखित भएको बताएका छन् ।

वीरगंज पथलैया औद्योगिक करिडोरका उद्योगी व्यवसायीहरुले उद्योगमा लोडसेडिङ यथावत राख्दै प्राधिकरणले विद्युत् निर्यात गरेको विषयप्रति ध्यानाकर्षण भएको जनाएका छन् । विद्युत प्राधिकरणले गत जेठ १४ गते सोमबारदेखि दैनिक ४ सय मेगावाट विद्युत् भारत निर्यात गरेको विज्ञप्ती मार्फत जनाएको छ । तर नेपालमै सरकारले स्वदेशी उद्योगहरूको प्रवद्र्धन गर्ने, निजी क्षेत्रको मनोबल बढाउन विद्युतको नियमित आपूर्ति गर्नु पर्नेमा यस तर्फ कुनै चासो नलिएर भारततर्फ विद्युत निर्यात गर्नुले आफूहरु चिन्तित भएको उद्योगी व्यवसायीहरुले बताएका छन् ।

स्वदेशी उद्योगहरुलाई प्रभावित गरेर विद्युत निर्यात गर्ने प्राधिकरणको निर्णय दुरासायीपूर्ण भएको बताउँदै करिडोरका उद्योगी व्यवसायीहरुले स्वदेशी उद्योगहरुको उत्पादन बढाउने तर्फ राज्यको ध्यान केन्द्रित हुनु पर्नेमा जोड दिएका छन् । औद्योगिक करिडोरका उद्योगीहरुले विद्युत निर्यात गर्ने कार्य प्रशंसा योग्य भए पनि नेपाली उद्योगहरुलाई आवश्यक विद्युत आपूर्ति गरेर मात्रै बाँकी विद्युत निर्यात गर्न माग गरेका छन् । वीरगंज पथलैया औद्योगिक करिडोरमा बहुराष्ट्रिय कम्पनी सहित साना, ठूला र मझौला गरी झण्डै १४ सयको हाराहारीमा उद्योग कलकारखाना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button