लागु औषधसहित दुई जना भारतीय महिला पक्राउ

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
पर्सा प्रहरीले ठूलो परिणाममा रहेको अवैध लागु औषधसहित दुई जना भारतीय महिलालाई पक्राउ गरेको छ । प्रहरीले वीरगंज महानगरपालिका वडा नम्बर १६ रजत जयन्ती चोकस्थित सडकखण्डमा चेकजाँचको क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेम भारत बिहार जिल्ला पूर्वी चम्पारण रामगढवा बस्ने ४३ बर्षिया रूकसाना खातुन र अप्साना खातुन रहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट ८ सय ७८ एम्पुल डाईजोपाम, फेनारगन र बु्रप्रोनोफिन बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् डिएसपी कुमार विक्रम थापाले जानकारी दिए ।

बरामद गरेको लागु औषधसहित पक्राउ परेका महिलाहरुलाई लागु औषधसम्बन्धी कसूरमा थप अनुसन्धान अगाडी बढाईएको थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button