आदर्शनगरमा घुम्ती शिविरः २७५ जनाले लिए लाभ

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
वीरगंजको आदर्शनगरमा आयोजित घुम्ती शिविरबाट दुई सय ७५ जनाले लाभ लिएका छन् । आज (मंगलबार) बिहान आयोजित घुम्ती शिविरबाट महिला, बालबालिका र जेष्ठ नागरिक गरी दुई सय ७५ जनाले लाभ लिएका हुन् ।

घुम्ती शिविरमा आँखाको चेकजाँच गर्नुका साथै रगत, ब्लड प्रेसरसहित अन्य रोगहरुको समेत परीक्षण गरिएको ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए । पछिल्लो समय बढ्दै गइरहेको अत्याधिक गर्मीलाई मध्यनजर गरी शिविरमा सातु समेत खुवाइएको अध्यक्ष खेतानले बताए ।

वीरगंज समुदायिक आँखा अस्पताल, रुंगटा वेलफेयर सोसाइटी तथा ग्रीन सिटी समुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर तथा ग्रीन सिटी समुदायिक सेवा केन्द्र आदर्शनगर–१० वीरगंजको संयुक्त आयोजनामा उक्त शिविरको आयोजना गरिएको थियो । ग्रीन सिटी समुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा भएको घुम्ती शिविरमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारती प्रमुख अतिथी रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button