महोत्तरीमा चार राउन्ड हवाई फायर

[mashshare]

गणेश कुमार सिंह
महोत्तरी ।
सम्सी गाउँपालिका–२ परसामा महावीर झण्डाको कलश यात्राका क्रममा दुई समुदायबीच झडप भएको छ । झडपक्रममा ३ जना सामान्य घाइते भएका छन् । घाइते हुनेमा अस्मिता खातुन, गुलसान खातुन, इजराइल नदाफ घाइते भएको बताइएको छ ।
सम्सी गाउँपालिका–१ बाट सुरु भएको कलश यात्रा वडा नम्बर २ स्थित नुरी मस्जिद नजिक पुगेपछि झडप भएको हो । झडप नियन्त्रणका लागि प्रहरीले ४ राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । हिन्दू समुदायले निकालेको कलशयात्राक्रममा मस्जिदमा ढुंगा प्रहार भएको मुसलमान समुदायको दाबी छ । कलश यात्राका आयोजकले भने मस्जिदमा ढुंगा प्रहार नभएको दाबी गरेका छन् ।

घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिएका छन् । झडपत्रलममा पूर्व गाविस अध्यक्षको मोटरसाइकल पनि जलाइएको छ । गाउँपालिकाको वडा नम्बर–२, परसामा महावीर झन्डाको कलशयात्रा क्रममा ठूलो स्वरमा डिजे बजेको भन्दै विरोध गरिरहेका मुस्लिम र यात्रामा सहभागी हिन्दू समुदायबीच विवाद चर्कँदा ढुङ्गा हानाहान भएको हो । डिजेमार्फत घन्किँदै गरेको जय श्रीरामको नारा आफ्नो मस्जिद क्षेत्रमा नबजाउन मुस्लिम समुदायले रोक लगाएपछि विवाद भएको हो । घटनास्थल मुस्लिमबहुल क्षेत्र हो भने कलशयात्रामा सहभागी सम्सी वडा नम्बर १ का हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button