
वीरगंज ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय उपाध्यक्ष एवं वीरगंजका पूर्व उपमेयर पुरुषोत्तम लाल झा जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
बलिदानी दिवसका अवसरमा शनिबार वीरगन्जमा जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष अशोक राई, उपाध्यक्ष सुशिला श्रेष्ठ, उपमहासचिव तथा खानेपानी मन्त्री प्रदीप यादव, पूर्व प्रदेश सभा सदस्य जन्नत अन्सारी, वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, नेताहरु प्रेमबाबु पटेल, उमेशलाल सहनी, नेक महमद अन्सारी, तबरेज अहमद, मुकेश द्विवेदी, ईश्वरचन्द्र यादवलगायतको उपस्थिति रहेको थियो ।
यसैगरी जनता समाजवादी पार्टीले वीरगञ्जमा बलिदानी दिवसकै अवसर पारेर पार्टी प्रवेश कार्यक्रम गरेको छ । वीरगंजको नगर सभागृहमा आयोजित पार्टी प्रवेश कार्यक्रममा जसपाका अध्यक्ष अशोक राई, उपाध्यक्ष सुशिला श्रेष्ठ, पार्टीका उपमहासचिव एवं खानेपानी मन्त्री प्रदीप यादवसहितका नेताहरु उपस्थिति रहेको छ । कार्यक्रममा मगदीस यादव, रामचन्द्र तिवारी, देवनाथ चौरसीया, विक्रम सिंह लगायतले सयौंले पार्टी प्रवेश गर्नुभएको छ ।