चैत ७ गतेबाट शुरू एसईईको परीक्षा तालिका सार्वजनिक

[mashshare]

काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९ एसईई २०८१ को तालिका सार्वजनिक गरेको छ । बोर्डले आज सूचना जारी गर्दै परीक्षा चैत ७ गतेबाट शुरू हुने जानकारी दिएको हो।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । परीक्षा चैत १९ गतेसम्म जारी रहने बोर्डले जनाएको छ।

बोर्डले परीक्षालाई व्यवस्थित, मर्यादित र सुरक्षित रूपमा सम्पन्न गर्न आवश्यक तयारी थालिएको जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button