श्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ

[mashshare]

सञ्जय मिश्रा
रौतहट ।
रौतहटको सदरमुकाम गौरस्थित सशस्त्र प्रहरीसहित संयुक्त टोलीले चार लाख रुपैयाँभन्दा बढी अबैध रुपैयाँसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । गौर नगरपालिका–२ भन्सार ईलाकामा प्रस्तावित सीमा सुरक्षा गुल्म गौरका प्रमुख डिएसपी राजेश कुमार श्रेष्ठको कमाण्डमा सशस्त्र बल नेपाल र नेपाल प्रहरीको भन्सार सुरक्षा गार्डको संयुक्त टोलिले भारतबाट नेपालतर्फ आउदै गरेको विआर ३० एसी ७९१४ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा मोटरसाइकलको भाइजर भित्र लुकाएको चार लाख ४० हजार रुपैयाँ बरामद भएको हो ।

मोटरसाइकल चालक भारत बिहार जिल्ला सितामढी बैरगनिया–८ असोगी टोल बस्ने वर्ष ४७ को प्रदिप कुमार वर्मालाई श्रोत नखुलेको नेपाली रुपैयाँ चार लाख चालिस हजार र हिरो स्प्लेन्डर मोटरसाइकलसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले जानकारी दिए । पक्राउ परेका वर्मालाई आवश्यक कारबाहीको लागि बरामद रुपैयाँ र मोटरसाइकलसहित जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button