बहुदरमाइ नगरपालिका कार्यालयमा विद्यार्थीद्वारा आगजनी र तोडफोड

[mashshare]

मधेशदृष्टि
वीरगंज ।

पर्साको बहुदरमाइ नगरपालिका कार्यालयमा विद्यार्थीले तोडफोड गर्दै आगजनी गरेका छन् । लामो समयदेखि नगरपालिकाले विद्यालयहरुमा तलब भत्ता पठाउन नसक्दा पढाइ प्रभावित भएपछि विद्यार्थीहरु आन्दोलित भएका हु्न् ।

उनीहरुले बिहानै नगरपालिका कार्यालय तोडफोड गर्दै फर्निचर बाहिर ल्याएर आगजनी गरेका हुन् । आगो नियन्त्रणको प्रयास भइरहेको छ । विद्यार्थीले नाराबाजी पनि गरेका छन् । कात्तिक १० गते नगर सभा भएको बहुदरमाइ नगरपालिकाले लामो समयदेखि कर्मचारीको तलबभत्ता वितरण गर्न सकेको छैन ।

नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीचको असमझदारीमा अन्य राजनीतिक दलको खिचातनीको सिकार नगरपालिका हुँदा समस्या भएको हो । घटनास्थलमा प्रहरी पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button