किन गएनन् जसपा नेपाल र जनमत सरकारमा ?

[mashshare]

वीरेन्द्र रमण
जनकपुरधाम ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत लिने क्रममा विपक्षमा मतदान गरेको चार मधेश केन्द्रित दलमध्ये दुई दल मात्रै केपी ओली नेतृत्वको सरकारमा सहभागी भएका छन् । दुई दल भने सरकारमा सहभागी भएनन । ओली नेतृत्वको सरकारमा लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरतसिंह भण्डारी २०औँ पटक मन्त्री बन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका रुपमा सहभागी भए भने जनता समाजवादी पार्टी नेपालबाट विभाजित भएर बनेको जनता समाजवादी पार्टीका दुई मन्त्रीसहित सरकारमा सहभागी भए । पार्टीबाट खानेपानी मन्त्री प्रदीप यादव बने भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडी बने । तर सरकारमा जसपा नेपाल र जनमत पार्टी सहभागी देखिएन ।

संघमा बनेको गठबन्धनमा जसपा नेपाल सहभागी रहे पनि मधेशमा भने विपक्षमा छ । मधेश प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी र लोसपासहितको गठबन्धनको विपक्षमा छ । त्यसकारण संघ सरकारमा सहभागी हुदा नकारात्मक सन्देश जाने कारणले जसपा नेपाल संघ सरकारमा सहभागी भएन । अर्कातर्फ विभाजित पार्टी नै सरकारमा सहभागी भएपछि जसपा नेपाल सरकारमा जान हच्किएको हो ।

जसपा नेपालका प्रवक्ता मनिष सुमनले प्रचण्ड नेतृत्वको सरकार बर्हिगमन आफूहरुको प्रमुख मुद्दा रहेको बताउँदै सरकारमा सहभागी हुने विषय आफूहरुको लागि कुनै चासोको विषय नै नभएको बताए । उनले भने, ‘तत्कालीन प्रधानमन्त्री दाहालले आफ्नो पार्टी विभाजन गर्न भूमिका खेलेका कारण दाहाललाई प्रधानमन्त्रीबाट हटाउन भूमिका खेलेको सरकारमा सहभागिताका विषयमा आफूहरुको कुनै चासो छैन ।’ ‘सरकारको स्थायित्व, संविधान संशोधनका लागि निर्माण हुँदा आफूहरुले उठाएको संविधान संशोधनको मुद्दा समावेश हुन्छ कि भन्ने आधारमा वर्तमान गठबन्धनलाई सहयोग गरेका छौँ,’ सुमनले भने, ‘मधेशमा हामीले यसै गठबन्धनको पक्षमा समेत रहेका कारण सरकारमा सहभागी आफूहरुको कुनै मुद्दा छैन ।’

जनमत पार्टीले समेत संघीय सरकारमा सहभागिता आफूहरुका लागि प्राथमिकतामा नरहेकाले सरकारमा सहभागी नभएको जनाएको छ । जनमत पार्टीका प्रवक्ता डा.शरदसिंह यादवले मधेश प्रदेश आफूहरुको प्राथमिकतामा रहेको बताउँदै मधेश प्रदेश सरकारको नेतृत्व गर्न पाएको र यसै आधारमा वर्तमान सरकारलाई सहयोग गर्ने र गठबन्धनमा सहभागी भएको बताए । उनले भने, ‘मधेश प्रदेश आफूहरुको प्राथमिकतामा रहेकाले संघीय सरकारमा सहभागिताको विषय आफुहरुको लागि चासोको विषय होइन, यसको अर्थ हामी गठबन्धनको विपक्षमा छौँ भनिएको होइन ।’

ओली सरकारमा एक चौथाइ मधेशका मन्त्री

मन्त्रिपरिषद्मा दुई महिला, दलित प्रतिनिधित्व शून्य

भण्डारी २० पटक मन्त्री हुँदा लोसपा फुट्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button