मेयरको निर्देशनमा अनमी कुटिइन्

[mashshare]

मधेशदृष्टि
महोत्तरी ।
रामगोपालपुर नगरपालिकाका नगरप्रमुख रामदुलार साहले वडा नम्बर ४ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अनमी राधा जैसवाललाई नगरप्रहरी लगाएर कुटपिट गरेका छन् । कुटपिटबाट घाइते स्वास्थ्यकर्मी जैसवाललाई उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वर लगिएको छ भने अस्पतालका चिकित्सकले सिटी स्क्यान गर्नुपर्ने भन्दै जनकपुर रिफर गरेको पीडितका छोरा यातिस जैसवालले जानकारी दिए ।

आइतबार नगरप्रमुख साहको आदेशमा नगर प्रहरीले आमालाई नगरपालिका लगेर मरणासन हुने गरी कुटपिट गर्नुका साथै प्रहरीको थुनुवामा पठाएको आरोप लगाउँदै थुनुवाको क्रममा बेहोस भएपछि उपचारको लागि अस्पताल पु¥याइएको उनले बताए । एक वर्षअघि रामगोपालपुर प्राथमिक स्वास्थ्य केन्द्रमा पदस्थापन भएकी जैसवाललाई नगरप्रमुख साह तथा स्वास्थ्य संयोजक अच्छेलाल दासको संयुक्त मिलेमतोमा आधारभूत स्वास्थ्य केन्द्रमा काजमा लगिएको र त्यहाँ करारका चौथौ तहका कर्मचारीको नेतृत्वमा खटाइएको विषयमा पीडितसँग विवाद हुँदै आएको थियो ।

उपचारक्रममा भेटिएकी पीडित अनमीका भाइ श्यामसुन्दर चौधरीले न्यायका लागि आवाज उठाएकी दिदीलाई जनप्रतिनिधिले कुटपिट गरेको भन्दै कारबाही माग गरे । रामगोपालपुर नगरपालिकाका स्वास्थ्यकर्मी रामदिनेश राय यादवले जनताको प्रत्यक्ष सेवामा खटिने राष्ट्रसेवक स्वास्थ्यकर्मीमाथि भएको कुटपिटले पालिकामा कामकाज गर्ने वातावरण नभएको बताए । नगरप्रमुखसाह तथा स्वास्थ्य संयोजक दासलाई सम्पर्क गर्न खोज्दा दुवै सम्पर्कमा आउन चाहेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button