नव गठित जसपाको कार्यकर्ता भेला सम्पन्न

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
अशोक राई नेतृत्वको नव गठित जनता समाजवादी पार्टीको पर्सा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । बुधबारको भेलाले नयाँ दललाई सशक्त बनाउँदै संगठनलाई अझ गाउँ गाउँमा पुर्याउन पार्टी कार्यकर्ताहरु एक ढिक्का भएर अगाडी बढने निर्णय गरेको छ । मोहन लाल चौधरीको अध्यक्षतामा सम्पन्न भेलाले उपेन्द्र यादवको कार्यशैलीकै कारण पार्टी विभाजन भएको हुँदा संगठनलाई अधिनायकवादबाट जोगाउन बाध्य भई पार्टी विभाजन भएको कुरामा वक्ताहरुले जोड दिएका थिए ।

वीरगंज महानगरपालिकाका नगर प्रमुख तथा नव गठित जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य राजेशमान सिंहको विशेष उपस्थितिमा सम्पन्न भेलामा पार्टीका नेता जन्नत अन्सारी, नेक महम्मद अन्सारी, सिंहासन साह, विरेन्द्र यादव, रामबढाई यादव, ईश्वर यादव, सुशिल साह, मनोज यादव, बैजुलाल स्वर्णकार, रमेश यादव, रियाज मियाँ, चन्चल तिवारी लगायतको सहभागिता रहेको थियो । भेलामा पर्साजिल्लाका जसपाका सयौ कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

यसैबीच नव गठित जसपाको कार्यकर्ता भेलामा वीरगंज महानगरपालिकामा रहेका जसपा नेपालका १३ जना निर्वाचित र ३ जना मनोनित गरी १६ जना बोर्ड सदस्य मध्ये वडा नम्बर १ का वडा अध्यक्ष मनोज गुप्ता र र २५ का आशुतोष चतुर्वेदी वीरगंज बाहिर रहेको हुँदा कार्यक्रममा आउन नसकेको र वीरगंजमै रहेका वडा नम्बर ८ का अध्यक्ष रितेश गुप्ता, ११ का अध्यक्ष अजय चौरसिया बरै, १६ का अध्यक्ष परसुराम चौरसियाबाहेक सम्पूर्ण बोर्ड सदस्यहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button