मधानी महोत्सवको खर्च विवरण सार्वजनिक

[mashshare]

मधेशदृष्टि
रौतहट ।
मौलापुर नगरपालिकाले ५ दिवसीय मधानी महोत्सवको खर्च विवरण सार्वजनिक गरेको छ । पतौरा पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने र मधानी महायज्ञलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने संकल्प सहित मौलापुर नगरपालिकाद्वारा फाल्गुण २२ गतेदेखि २६ गते सम्म ५ दिवसीय मधानी महोत्सवमा ७३ लाख रुपैयाँ खर्च भएको छ ।

महोत्सवमा भारतीय सुपरस्टार गोविन्दा, नेपाली कलाकार पल साह, नायिका निलम गिरि, विश्व चर्चित पहलवान बबिता फोगाट लगायत दर्जनौ प्रसिद्द कलाकार तथा खेलाडीहरूको सहभागिता रहेको थियो । बाबाधामको मुल पुजारीहरु र संस्कृत विश्व विद्यालयको आचार्यहरुले मन्दिरमा पुजा गराए साथै विशाल संख्यामा भगवान शिवको बारात यात्रा निकालिएको थियो भने विभिन्न शिव मण्डली सहितको शिवलिला प्रदर्शन गरिएको थियो ।

सरकारी निकायमा खर्च विवरण माग्दा पनि नदिने अहिलेको परिवेशमा नगरपालिकाले आँफै खर्च विवरण सर्वाजनिक गर्नु आफैँमा सराहनीय एवम् उदहारणीय कार्य हो । मौलापुर नगरपालिका विकास र सेवासुविधा उदाहरण मात्र नभई अब पारदर्शिता, जवाफदेहिता र सुशासनको क्षेत्रमा पनि आफूलाई प्रमाणित गरिरहेको मौलापुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु प्रसाद साहको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button