
मिश्रीलाल मधुकर
जनकपुरधाम ।
जनकपुरधामको रामबहादुर साह धर्मशालामा तेली कल्याण समाज नेपाल धनुषा अध्यक्ष ललितकुमार साहको अध्यक्षतामा कृष्णका परमभक्तिनी कर्मा वाईको जन्मजयन्ती मनाइएको छ । संविधानसभा सदस्य तथा पूर्व संघीय राज्यमन्त्री अरविन्द साहको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । उनले कर्ममाताको जन्म उत्तर प्रदेशको झाँसीमा १०१७ ईश्वीमा चैत कृष्ण एकादशीको दिन भएको र उनी कृष्णको परम भक्तिनी भएको बताए ।
जगन्नाथ पुरीमा भगवानले स्वयम् उनको हातबाट खिचडी ग्रहण गरेको किम्वदन्ती छ । उनी तेली जातिका पूजनीय देवी पनि हुन् । जन्मजयन्ती समारोहमा विशेष अतिथि जिल्ला विकास समिति धनुषाका पूर्वसभापति रामचरित्र साहले कर्मा माताको जीवनीमा आधारित चलचित्र सबै तेली दाजुभाइले हेर्नुपर्ने बताए ।
नेपाल तेली कल्याण समाजका केन्द्रीय सल्लाहकार जगदीश साहले जनकपुरधाममा कर्मा माताको मन्दिर स्थापना गर्न पहल हुनुपर्ने बताए । कार्यक्रममा रामबहादुर साह, ई.शम्भु साह, अशोक कुमार साह, पवन देवी साह, दुखरण साह, राम किशोर साह, रविन्द्र साह, श्यामकुमार साह, लक्ष्मी साह, सुरेश साह, उपेन्द्र साहलगायतको उपस्थिति थियो ।






