हेटौँडा अस्पतालमा नयाँ मेडिकल सुपरिटेन्डेन्ट

[mashshare]

मधेशदृष्टि
हेटौँडा ।
हेटौँडा अस्पतालमा नयाँ मेडिकल सुपरिटेन्डेन्ट (मेसु) मा डा. श्रीधर अर्याल नियुक्त भएका छन् । अर्याल दशौँ तहका वरिष्ठ कन्सल्टेन्ट जनरल सर्जन हुन् । उनी भक्तपुरबाट हेटौँडा आएका हुन् । डा.अर्याल यसअघि भक्तपुर अस्पतालमा पनि मेडिकल सुपरिटेन्डेन्ट थिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय बागमती प्रदेशले अर्याललाई चैत १ गतदेखि लागू हुने गरी हेटौँडा सरुवा गरेको हो । अर्यालले भने, ‘अस्पतालबाट प्रवाह हुने सेवा थप गुणस्तरीय बनाउन प्रयास गर्नेछु । यहाँहरुको साथ सहयोगको अपेक्षा गर्दछु ।’ यसअघिका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाको काज संघमै फिर्ता भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button