मिश्रीलाल मधुकर
जनकपुरधाम ।
नेपाली कांग्रेसका नेता एवम् पूर्वउपप्रधानमन्त्री बिमलेन्द्र निधिले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको संयुक्त सरकारले आफ्नो कार्यकाल पूरा गर्ने बताएका छन् । जनकपुरधाममा श्रीराम युवा कमिटीका नवनियुक्त पदाधिकारीको शपथ कार्यक्रममा नेता निधिले जनकपुरधामको जानकी मन्दिर करोडौँ हिन्दूको आस्थाको स्थल भएको बताए । उनले यसको संरक्षण र प्रवद्र्धनका लागि सबै एक हुनु पर्ने बताए ।
परमेश्वर साहको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन आयुक्त निर्मलकुमार चौधरीले नवनिर्वाचित अध्यक्ष सरोजकुमार साह, वरिष्ठ उपाध्यक्ष अनिकेत ठाकुर, उपाध्यक्ष रामप्रताप साह, महासचिव विजयकुमार साह, सचिव शम्भुलाल दास, कोषाध्यक्ष कृष्णकान्त झा, कार्यकारिणी सदस्य अजयकुमार साह, अमर ठाकुर, सुदीप भण्डारी, प्रह्लाद साह, जितेन्द्रकुमार भगत, प्रकाश ठाकुरलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।
शपथ ग्रहण समारोहमा मधेश प्रदेशका पूर्वस्वास्थ्यमन्त्री वीरेन्द्रकुमार सिंह, जनकपुरधामका मेयर मनोजकुमार साह, मटिहानीका मेयर हरिप्रसाद मण्डल, प्रमोदकुमार चौधरीलगायतका विभिन्न व्यक्तित्वले आआफ्ना धारणा राखेका थिए ।