

मिथिलाको घर घरमा हास्यव्यंगको चर्चा हुदा गोनू झाको चर्चा आउने गरिएको छ । उहाको चर्चा विना मिथिलाको कुनै पनि कथाहरु जो खास गरेर हास्यपुर्ण हुन्छ त्यसमा उहाको नाउ सबै भन्दा अग्रपंक्तिमा आउने गरिएको छ । चाहे त्यो बालक होस वा वृद्ध सबैले उहाको विषयको कथा रुची पुरवक सुन्ने गरेका छन । मिथिलाको घर घरमा हास्यविनोदको कुरा आउदा गोनू झाको विषयमा चर्चा हुने गरिएको छ । बच्चाहरुलाई मिथिलाका उहाको कथाहरु सुनाउने गरिएको छ । खास गरेर बुढापाकाहरु आफनो बच्चाहरुलाई सुताउने सममयमा कथा सुनाउने गरिएको छ । जो कथा केही न केही मानवलाई शिक्षा दिने खालको हुन्छ । बालबालिकाहरु कथा सुनेर वात्सल्य प्रेम पाएर सुत्ने गरेका थिए । जसमा सबै भन्दा बढि प्रचलित कथाको रुपमा थियो गोनु झाको कथा । करमाहे सोनकरियम गोनु झालाई पन्जीमा महामहोपाध्याय धुर्तराज गोनु भनेर वर्णन गरिएको छ । मिथिलामा गोनु झाका कथाहरू माछा र मखानाजस्तै लोकप्रिय छन । मिथिलामा माछा र मखन बिना पुण्य काम हुँदैन र गोनु झाको कथाविना जलसा पूरा हुँदैन भन्ने गरिन्छ ।
गोनुको कथासँगै सन्तको कथा पनि चल्छ । गोनु झाको जीवनका घटनासँगै विभिन्न कालखण्डमा उनका कथाहरूमा नयाँ–नयाँ कथाहरू थपिएकाले पाँच शताब्दीपछि पनि ताजाका साथ हामीसामु आइरहने केही अनुसन्धानकर्ताहरूको विश्वास छ । लगनशीलता, परिश्रम, धैर्यता, वक्तृत्व, अवसरको समझ जस्ता धेरै गुणहरू यी कथाहरूमा बुनेका छन, जसले पाठकहरूको दिमागमा नजानेर जरा गाड्छन । गोनू झाले मिथिलाको ततकालिन समाजमा देखिएको विभेद पुर्ण कुरालाई विनोद पुर्ण रुपमा उठाउने गरेका थिए । समाजमा देखिएको विसमताहरुलाई समेत उठाएर यसको विकृतिहरुमाथि प्रहार गर्ने गरेका थिए । त्यसैले मिथिलामा आजपनि उहाको कथाहरु निकै प्रचलीत रहेको छ ।
तर उहाको कथाहरुलाई विभिन्न समयमा विभिन्न भाषामा प्रकासित भएको पाइन्छ । खास गरेर हिन्दी र मैथिली भाषामा कथाहरु समय समयमा प्रकासित भएको छ । तर तर उहाको विषयमा थोरै अनुसन्धन भएको अवस्था छ । मिथिलामा यतिको प्रसिद्ध व्यक्तितत्व झाको जिवनको विषयमा अनुसन्धान थोरै भएको छ । त्यो पनि मौखिक रुपमा मिथिलामा जसरी प्रचलीत रहेको छ । त्यसलाई नै केही पुस्तकहरु राखिएको छ । तर यस विषयमा विस्तृत अनुसन्धान भएको देखिदैनन । गोनु झाको विषयमा अनुसन्धानको आभाव रहेको समयमा विभुति भारतीय मिथिलाका प्रसिद्ध साहित्यकार विभूति आनन्दले उहाको विषयमा लेखिएको जिवन सहित विस्तृत पुस्तक प्रकासित गर्नु भएको छ । निकै अनुसन्धान मुलुक पुस्तक ‘गोनू झा : व्यक्तितत्व ओ विस्तार’ प्रकासित गर्नु भएको छ । गोनु झाको विषयमा जानकारी लिनेहरुको लागि यो पुस्तक निकै अनुसन्धान मुलुक रहेको छ । २८० पृष्ठको यस पुस्तकमा अधिकांस विषया वस्तुहरु समेटिएका छन यसको विषयमा एउटा अनुसन्धान कर्ताहरुको लागि आवश्यक पर्छ । खास गरेर पुस्तकमा गोनू झाको समकालिन,गोनू झा झाको कथाहरु समेत राखिएको छ । यसले पुस्तकलाई निकै रोचक बनाएको छ । खास गरेर गोनु झाको विषयमा सबै कुरा समेटिएको पुस्तक मिथिलामा थोरै वा भनौ छदै थिएन यस्तो अवस्थामा पाठक जसले उहाको विषयमा रुची राख्नु हुन्छ यस विषयमा सविस्तार लेखिएको छ । पुस्तक निकै मेहनतका साथ लेखिएको कारणले गर्दा यसको मोल समेत सोही अनुसारले राखिएको छ । अर्थात पुस्तकको मुल्य पाँच सय रुपैया भारतीय राखिएको छ ।
मिथिला वा तत्कालिन गोनू झा रहेको समयको अध्ययन गर्न यो पुस्तक एउटा गतिलो दस्तावेजको रुपमा रहेको छ । जसलाई प्रकासित भएको दिनमा पाठकहरुबाट सबै भन्दा बढि खोजिएको पुस्तक समेत रहेको छ । नेपाल क्षेत्रको मिथिलामा समेत यस पुस्तकको खोजि गर्ने र पठनेहरुको संख्या निकै देखिएको छ । पुस्तकमा अहिले सम्म गोनू झाको विषयमा प्राप्त भएको तस्वीरहरु र तत्कालिन मिथिलाको राजधानी रहेको सम्रौनगढको समान्य जानकारी र तस्वीरहरु समेत राखिएको छ । यसले समेत पुस्तकलाई आर्कषक बनाएको छ ।
गोनू झा : व्यक्ति ओ विस्तार
लेखक विभूति आनन्द
मुल्य : ५०० (भारतीय)
प्रकाशक : किसुन संकल्प लोक






