३५० किलोमिटर पैदल हिँडेर अयोध्या !

[mashshare]

मधेशदृष्टि
वीरगंज ।

भारतको अयोध्यामा नवनिर्मित राममन्दिरको समुद्घाटनमा सरिक हुन वीरगंजका युवा प‌ैदल हिँडेर अयोध्या जाने भएका छन् । उनीहरुलाई अयोध्या पुग्न १० दिन पैदल यात्रा गर्नु पर्ने छ । राष्ट्रिय वजरंग दल पर्साका ११ युवा बिहीबार बिहान वीरगंजबाट अयोध्या यात्रामा निस्किएका हुन् ।

अयोध्याका लागि प्रस्थान गरेको युवालाई वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले माईस्थानस्थित गहवामाई मन्दिर परिसरमा फूल माला र खादा लगाएर बिदाइ गरेका छन् । भगवान रामको जन्मभूमि अयोध्यामा नवनिर्मित राममन्दिरमा जनवरी २२ तारिक अर्थात माघ ८ गते भगवान रामको मूर्ति प्राणप्रतिष्ठासँगै समुद्घाटन समारोह रहेको छ । वीरगंजबाट अयोध्या ३ सय ५० किलोमिटर दूरीमा छ।

भगवान् रामका लागि धातुको धनुषवाणलगायतका कोसेली लिएर हिँडेको टोली भारतको बिहार र उत्तर प्रदेशका विभिन्न सहर हुँदै प‌ैदल यात्राबाट राम जन्मभूमि अयोध्यामा पुग्ने लक्ष्य रहेको पैदल यात्रामा सहभागी वीरगंज–१० का युवा मुन्ना साह कानुले बताए । अयोध्या पुगेर नवनिर्मित राममन्दिर समुद्घाटन समारोहमा सरिक भएर पूजापाठ गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button