मधेशदृष्टि
सर्लाही ।
इलाका प्रहरी कार्यालय लालबन्दीले कमिसन नदिँदा स्थानीय सर्वसाधारणलाई अनावश्यक दुःख दिने गरेको गुनासो आएको छ । केही पहिला काम गरेको पैसा लिन गएका दुई किशोरलाई चोर भन्दै केही स्थानीयले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लालबन्दीमा जिम्मा लगाएका थिए । तर पछि उनीहरु चोर नरहेका पाइएपछि नियन्त्रणमा लिएर बुझाउनेलाई छुटाउन इलाका प्रहरी कार्यालय जाँदा ‘चोर थिएनन्’ भने नियन्त्रणमा लिएर प्रहरीलाई किन बुझाएको भन्दै प्रश्न गरेपछि विवाद भएको थियो । सथानीयले प्रहरीको नियतमा शंका गरेका थिए ।
त्यसपछि प्रहरीको नियन्त्रणमा रहेका दुई युवाका अभिभावकलाई इलाका प्रहरी कार्यालय लालबन्दी बोलाएर प्रहरी निरीक्षक हरिबोल केसीका सुरक्षागार्ड प्रहरी जवान शिव बोहोरामार्फत १२ हजार पाँच सय रुपैयाँका दरले २५ हजार रकम दिए २–३ दिनमै दुवै युवा छाड्ने बताएपछि पीडित युवाका अभिभावकले रकम ऋण खोज्दा पनि पाएनन् र प्रहरीलाई दिन सकेनन् । त्यसपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट सार्वजनिक मुद्दा चलाएको इलाका प्रहरी कार्यालय लालबन्दीले दुवै युवालाई धरौटी भन्दै नौ हजार पाँच सय रुपैयाँका दरले १९ हजार रुपैयाँ धरौटीमा २५ औँ दिन तारेखमा रिहा गरेको थियो । यो समयमा पनि इलाका प्रहरी कार्यालय लालबन्दीको मुद्दा शाखाका प्रहरी हवल्दार संजीव यादवले प्रहरी निरीक्षक केसीका नाममा उनकै निर्देशनमा तीन हजारका दरले दुवै युवासँग गरी छ हजार रपैयाँ मागेका थिए । पीडित युवाका अभिभावकले दुई हजार पाँच सयका दरले पाँच हजार रुपैयाँ दिनै पर्ने बाध्यतामा परेको बताए ।
त्यसपछि इलाका प्रहरी कार्यालय लालबन्दीले सर्वसाधारणलाई अनावश्यक दुःख दिएर असुली चर्काएको पाइएको हो । पीडित युवाका अभिभावकका अनुसार, इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरीक्षक केसीका सुरक्षागार्डले सिधै रकम माग गर्नुमा इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरीक्षक केसीकै निर्देशन भएको भेटिएको हो । इलाका प्रहरी कार्यालय लालबन्दीका मुद्दा शाखाका हवल्दार यादवले पनि इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरीक्षक केसीलाई रकम दिनुपर्ने भन्दै दुई हजार पाँच समयका दरले पाँच हजार लिएपछि इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरीक्षक केसी असुलीमा तल्लीन भएको देखिएको हो ।
सामान्य परिवारका मानिसलाई अनावश्यक दुःख दिएर रकम असुलिन्छ भने आर्थिकरुपमा सम्पन्न मानिसबाट कति रकम असुलिन्छ होला भन्नेमा उनीहरु सशंकित भएका थिए । यता, इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरीक्षक केसीले प्रहरी कर्माचारीलाई गर्ने व्यवहार पनि राम्रो नभएको पाइएको छ । उनले प्रहरी कर्मचारीलाई अनावश्यक गालीगलौज गर्ने, अपशब्द बोल्नुका साथै घुमुवा परिचालन गरेर इलाका प्रहरी कार्यालय लालबन्दी क्षेत्रका होटलका साथै अन्य विभिन्न किसिमका व्यापारव्यवसाय गर्ने र नदीजन्य पदार्थ दोहन गर्नेसँग पनि असुली गरेको पाइएको छ ।