वीरगन्जको कञ्चनजंघा स्कुलमा निःशुल्क आँखा परीक्षण, ६ सय विद्यार्थी लाभान्वित

[mashshare]

वीरगन्ज, ५ भदौ

वीरगन्जस्थित कञ्चनजंघा इङ्गलिस बोर्डिङ स्कुलमा आयोजित निःशुल्क आँखा परीक्षण शिविरबाट ६ सयभन्दा बढी विद्यार्थी लाभान्वित भएका छन्।

किरण आँखा अस्पतालको प्राविधिक सहयोगमा शुक्रबार विद्यालय परिसरमा सञ्चालन गरिएको शिविरमा कक्षा १ देखि १० सम्म अध्ययनरत ६ सय विद्यार्थीको आँखा परीक्षण गरिएको विद्यालयले जनाएको छ। शिविरमा शिक्षक–शिक्षिका तथा अभिभावकको समेत आँखा परीक्षण गरिएको थियो।

बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन भएको शिविर विद्यालयका निर्देशक मार्टिन मोक्तानको पहलमा आयोजना गरिएको हो। विद्यार्थीको शैक्षिक विकाससँगै स्वास्थ्यलाई पनि प्राथमिकतामा राख्दै हरेक वर्ष निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गर्दै आएको उनले बताए।

मोक्तानले आगामी दिनमा पनि विद्यार्थीको स्वास्थ्यलाई लक्षित गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

Tags

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button