कांग्रेस मधेस प्रदेशको कार्यवाहक सभापतिको जिम्मेवारी चन्द्रेश्वर यादवलाई

[mashshare]

वीरगञ्ज, ५ भदौ।

नेपाली कांग्रेस मधेस प्रदेश कार्यसमितिका उपसभापति चन्द्रेश्वरकुमार यादवलाई कार्यवाहक प्रदेश सभापतिको जिम्मेवारी दिइएको छ।

नेपाली कांग्रेस मधेस प्रदेशका सभापति तथा मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले बिहीबार उपसभापति यादवलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन्।

मुख्यमन्त्रीको जिम्मेवारीमा रहेर प्रदेश सरकारका काममा व्यस्त हुनुपर्ने भएकाले पार्टीका नियमित गतिविधि सञ्चालनमा सहजता होस् भन्ने उद्देश्यले उपसभापति यादवलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको कांग्रेस मधेस प्रदेश प्रचारप्रसार समितिका संयोजक नितिशकुमार गुप्ताले जानकारी दिए।

सभापति यादवले कांग्रेसको विधान, २०७६ को ११औँ संशोधनसहितको धारा १३ को उपधारा १०(ड) बमोजिम प्रदेश कार्यसमितिको काम–कारबाहीलाई निरन्तरता दिन तथा पार्टी संगठनका नियमित गतिविधिलाई प्रभावकारी रूपमा सञ्चालन गर्न उपसभापति यादवलाई कार्यवाहकको जिम्मेवारी तोकेका हुन्।

सभापतिले दिएको पत्रमा आफ्नो अनुपस्थितिमा प्रदेश कार्यसमितिका नियमित काम–कारबाही, संगठनात्मक गतिविधि तथा आवश्यक निर्णय प्रक्रियालाई विधान, नियमावली र पार्टीको स्थापित पद्धतिअनुसार अघि बढाउन अनुरोध गरिएको छ।

कार्यवाहक सभापतिको जिम्मेवारी पाएसँगै चन्द्रेश्वरकुमार यादवले सभापतिको अनुपस्थितिमा कांग्रेस मधेस प्रदेश कार्यसमितिको नेतृत्व गर्नेछन्। उनले प्रदेशमा पार्टीका संगठनात्मक तथा नियमित राजनीतिक गतिविधिलाई निरन्तरता दिनेछन्।

Tags

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button