
मधेशदृष्टि
बारा ।
आदर्श कोतवाल गाउँपालिका–१ च्युटाहामा लामखुट्टे भगाउन बालिएको घुरबाट आगो सल्किएर घरमा आगलागी हुँदा एकै परिवारका चार जना घाइते भएका छन् ।
३५ वर्षीय मनोज यादव, पत्नी ३० वर्षीया चेतरीदेवी, चार वर्षीय छोटु यादव र तीन वर्षीय सन्दीप यादव जलेर घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको वीरगंजस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता पुरुषोत्तम पाण्डेका अनुसार घाइतेमध्ये चेतरीदेवीको अवस्था गम्भीर छ भने आगलागीबाट चार लाख १० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।






