पोखरिया अस्पतालमा तीन वटा मेसिन जडान

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
पर्साको पोखरिया नगरपालीका वडा नम्बर ४ मा रहेको पोखरिया अस्पतालमा थाईराईड चेकअप मेसिन, टोकन सिस्टम मेसिन र एचबिए आइएस मेसिन जडान गरिएको छ । शनिबार एक कार्यक्रकाबीच पोखरिया नगरपालिकाका नगर प्रमुख प्रदुमन प्रसाद चौहानको विशेष पहलमा नेपाल सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको आपुर्ति व्यवस्था महाशाखाले पठाएको सो मेसिनहरु जडान गरिएको पोखरिया अस्पतालका निमित मेसु डा. अनिल यादवले जानकारी दिए ।

पोखरिया नगरपालिकाका नगर प्रमुख प्रदुमन प्रसाद चौहानले एक कार्यक्रमको बिच शनिबार रिबन काटेर उद्घाटन गरेका हुन् । उदघाटन कार्यक्रमा बोल्दै नगर प्रमुख चौहानले ग्रामिण भेगमा रहेको थाईराईडका बिरामीले थाईराईडको जाच गराउन अब अन्यत्र जानु पर्ने बाध्यता अन्त्य भएको बताए । अब पोखरिया असपतालमा सहजै रुपमा उपचार सेवा सुचारु हुने उनले बताए ।

पोखरिया अस्पतालका निमित मेसु डा.अनिल यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नगर प्रमुख प्रदुमन प्रसाद चौहान, उपप्रमुख रुवी कुमारी ठाकुर नेता नेजामोदिन समानी, नेपाल रेडक्रस सोसाईटी पोखरिया उपशाखा सभापति भगवान प्रसाद कुर्मी, पोखरिया अस्पतालको एमडी डा. सन्जय साह, अनमी मिपिका सिंहलगायको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button