संत रविदासजी महाराजको जन्मजयन्ती मनाईयो

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम, २४ माघ । प्रत्येक वर्ष माघ पुर्णिमाका दिन मनाइने मीरा का गुरु , समाजवादका जनक क्रान्तिकारी संत शिरोमणि गुरु रविदासजी महाराजको पावन प्रकास उत्सव ६४६ औं जन्मोत्सव मनाईएको छ ।

आइतवार जनकपुरधाम वडा नं. ९ बेल्ही टोलमा पुजा र संसकार गरि रविदासजी महाराजको जन्मजयन्ती मनाइएको हो । अखिल रविदास धर्म संगठन नेपालको आयोजनामा रामउदित रामको अध्यक्षतामा साथै प्रमुख अतिथी नेपाल सरकारको पूर्व राज्यमन्त्रि एवं संविधान सभा सदस्य अरबिन्द साह, विशेष आमन्त्रित जोगिन्दर राम , यूवाकवि प्रमोद राम, रन्जीत राम, सुशिला कुमारी राम , झपसी महरा , रामसोगारथ राम, मंगल राम, संतोष महरा , तेतरी महरा लगायत सनातन हिन्दु रविदास धर्म प्रति आस्थावान ब्यक्तिहरुको उपस्थिती रहेको थियो । जन्मोत्सवमा संत रविदासजीका जीवनी एवम उनको अमृत वाणी माथी , उनको प्रचलित दोहाहरुको बारेमा चर्चा ब्याख्या गरिएको थियो ।

संत शिरोमणी सतगुरु रविदास सन्तहरूमा सर्व श्रेष्ठ गुरु समाज सुधारक गुरुको रुपमा मानिन्छन । समाजमा भएको कुप्रथा विकृतिको घोर विरोधी रहेका संत रविदासजी महाराजले आफ्नो रचनाहरूको माध्यमले समाजका विकृति पनि केही हद सम्म समाप्त गर्न ठुलो भूमिका निभाएका छन । उनको रचनाको विशेषता मधुर एव सरल वाणीे जो ज्ञान दायक हुँदाहुदै समाजवाद, सुखी जीवन एवं समृद्धी प्रती प्रेरणादायक छन् । रविदासजी महाराजद्धारा प्रकासीत रचना सर्व साधारणको मनलाई छुने र सुन्ने वालालाई गहिरो प्रभाव पार्ने गरेको उनकै अनुयायीहरुको भनाई छ । प्राचीन समय देखिनै भारत वर्षमा विभिन्न मतभएका दार्शनिक धार्मिक मान्छेहरू बसो बास गर्ने चलन रहेकोमा एक आपसमा मानवताको नाता(भाईचारा) बढाउन सन्तहरूको यसमा ठुलो योगदान रहेको छ र यस्ता सन्तमध्ये सतगुरु रविदास जीको अग्रगणी भूमिका रहेकैले उनी समाजवाद कै पहिलो गुरुका रुपमा पनि प्रख्यात रहेको बताईन्छ ।

कार्यक्रममा अध्यक्षले रविदास जयन्तीको दिन सार्वजनिक विदा हुनुपर्नेमा नेपाल सरकार सँग जोडदार माग समेत राखेका थिए ।

Tags

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button