विधिपूर्वक कालीगण्डकीको शिला हस्तान्तरण

[mashshare]

विनय कर्ण/मिश्रिलाल मधुकर
अयोध्या (भारत) २० माघ । भारतको उत्तरप्रदेश स्थित अयोध्यामा बिहीबार एक कार्यक्रमकाबीच देवशीला हस्तान्तरण गरिएको छ ।
जानकी मन्दिर जनकपुरका महन्थ रामतपेश्वर दास, पुर्वगृहमन्त्री एवं सांसद विमलेन्द्र निधि र हिन्दु स्वयंसेवक संघ नेपालका चालक कल्याण सिंह तिमल्सिनाले कालीगण्डकी नदीबाट देवशीला श्रीरामभूमी तिर्थ क्षेत्र ट्रष्टका महासचिव चम्पत रायलाई हस्तान्तरण गरे ।

कार्यक्रममा बोल्दै पुर्व गृहमन्त्री निधिले अयोध्यामा निर्माण भईरहेको राममन्दिरमा मूर्तिका लागि नेपाल सरकारले कालीगण्डकी नदीबाट शिला निकालेर मूर्ति बनाउन भारतलाई पठाईएको जानकारी दिए ।

अयोध्यामा तीन दशकको विवाद अन्त्य भएर राम मन्दिर बन्दै गर्दा केही बर्ष अघि रामको जन्म नेपालमै भएको भनेर गरेको दाबीले दुईदेशको सम्बन्धमा देखिएको समस्या पनि यसले समाधान गरेको निधिले तर्क गरे ।

गण्डकी प्रदेशको १० लाख आर्थिक सहयोगमा कालीगण्डकीको देवशीला जानकी मन्दिर हुँदै अयोध्या ल्याईएको बताउँदै उनले यसले जनकपुर र अयोध्याबीच मात्रै नभई अन्तर्राष्ट्रिय स्तरमा नेपाल भारतको सम्बन्धलाई नयाँ उचाईमा पुर्याएको बताए ।

गत पुस ३ गतेको मन्त्रिपरिषद् बैठकले भारतको अयोध्यामा निर्माण हुने राम मन्दिरमा रामको बालरुपी मुख्य मूर्ति बनाउन कालीगण्डकी नदीका शिला पठाउने निर्णय गरेको थियो ।

त्यसपछि पुस ९ गते बसेको गण्डकी प्रदेश सरकारको बैठकले कालीगण्डकी नदीबाट शिला निकाल्नेदेखि धनुषा पु¥याउँदा सम्मको सम्पूर्ण खर्च बेहोर्ने निर्णय गरेको र सोही अनुसार प्रदेश सरकारले शिला खोज्न, उत्खनन गर्न र ढुवानीका लागि भन्दै ९ लाख ९५ हजार रुपैयाँ खर्च गरेको छ ।

म्याग्दीको बेनीस्थित कालीगण्डकी नदीबाट १६ र १८ मेट्रिकटन तौल भएका, सात फिट लम्बाइ, पाँच फिट चौडाई र तीन दशमलव पाँच फिट मोटाइका दुईवटा शीला पहिचान गरेर तीन वटा ढुंगाको उमेर एक हजार वर्ष भन्दा पुरानो भएको अध्ययन गरेर पठाईएको थियो ।

Tags

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button