मधेशमा भूगर्भीय पानीको अवस्थाबारे अध्ययन हुने

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहसँग भारतको जलशक्ति मन्त्रालयका प्राविधिक विज्ञहरूको ३ सदस्यीय प्रतिनिधिमण्डलले बिहीबार बिहान भेटघाट गरेका छन् ।

भेटमा प्रतिनिधिमण्डलले भूगर्भीय पानीको अवस्थाको विस्तृत मूल्याङ्कन गर्न तथा पानीको अभाव समाधानका उपाय सुझाव दिने योजना प्रस्तुत गरेको छ । टोलीले आगामी दिनमा मधेश प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरी भूगर्भीय पानीको अवस्थासम्बन्धी आवश्यक अनुसन्धान गर्ने बताइएको छ ।

भारतीय प्रतिनिधिमण्डलमा जलशक्ति मन्त्रालयका प्राविधिक विज्ञहरू आशिष पाण्डे, जगदम्बा प्रसाद र प्रसान्त राय सहभागी छन् । मुख्यमन्त्री सिंहले प्रतिनिधिमण्डलको अनुसन्धान तथा सुझावले प्रदेशमा दिगो पानी व्यवस्थापन र भूजल संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button