
मधेशदृष्टि
काठमाडौ ।
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले जनताका मुद्दा र सवाललाई लिएर सडक संघर्ष गर्ने घोषणा गरेका छन् ।
आइतबार काठमाडौमा जनतासँग जसपा, नेपाल अभियन्ता अभिमुखीकरणको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले जनतालाई सचेत र संगठित गर्न आफूहरुले चारमहिने अभियान चलाएको बताए ।
अध्यक्ष यादवले यो अभियानपछि संगठनलाई सुदृढ गर्ने र तेस्रो चरणमा जनताका मुद्दा लिएर र जनताका सवाललाई लिएर हामी सडक संघर्षमा उत्रिने बताए । उनले मुलुकलाई बचाउने हो भने अब मुख ताकेर नहुने बताए । उनले अब पनि अरुको मुख ताकेर देश र जनताको भविष्य छोड्न नसकिने बताए ।
जसपा नेपालले सडक र जनताको बीचबाट हस्तक्षेपकारी भूमिका खेल्नका लागि तयार हुनुपर्ने उनको तर्क थियो । अध्यक्ष यादवले दलित, जनजाति, महिला, मुस्लिमको सहभागिता हटाएर राजनीतिक स्थिरता सम्भव नरहेको बताए ।