राजनीति आस्थाभन्दा माथि उठेर देशको विकासमा जुटौंः राउत

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
मधेश प्रदेशका प्रथम मुख्यमन्त्री लालबाबु राउतले राजनीति भन्दा माथि उठेर विकास निर्माणमा सबै राजनीतिक दल एक जुट हुनु पर्ने कुरामा जोड दिएका छन् । वीरगंज महानगरपालिकाको वडा नम्बर १६ स्थित सिङहा नदीमा निर्माण गर्न लागिएको आधुनिक आर्यघाटको एक कार्यक्रमकाबीच शिलान्यास गर्दै उनले विकास निर्माणमा तीन तहको सरकार सहित राजनीतिक दल एक जुट भए मात्र समृद्ध नेपाल निर्माण हुने बताए ।

उनले प्रदेश सरकारले रेड बुकमा राखेर आर्यघाट निर्माणकालागि आफ्नो पहलमा पहिलो चरणमा ४० लाख रुपैयाँ विनियोजन भएको बताउदै आर्यघाट निर्माणमा बजेटको कमि हुन नदिने प्रतिबद्धता समेत व्यक्त गरे । पूर्वमुख्यमन्त्री राउतले जनताले बारम्बार आग्रह गर्दा समेत बर्षौदेखि निर्माण हुन नसकेको आर्यघाटलाई निर्माण सम्पन्न गरी छिटै प्रयोगमा ल्याईने बताए । वीरगंज महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष पशुराम चौरसियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button