विद्युत् महसुल नतिर्ने मधेशका १० ठूला उद्योग

उद्योगीले बिजुलीको पैसा तिर्न नपर्ने ?

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
तपाईंले सरकारबाट कुनै सेवा लिनु परे सबै कर तिरेको कागजात पेश गर्नुपर्छ । नत्र तपाईं वडा कार्यालय, नगरपालिका र कुनै पनि सरकारी कार्यालयमा सेवा लिन योग्य बन्नु हुन्न । पानी, बिजुलीको कर तिर्नु पर्छ । बिजुलीको थोरै बक्यौता बाँकी रहे घरमा लाइन काटिन्छ ।

तर देश यही हो, जहाँ अर्बपति उद्योगीहरुले करोडौँ रुपैयाँ बिजुलीको महसुल बुझाएका छैनन् र यसरी करोडौँ बक्यौता रहँदा पनि लाइन नकाट्न भन्दै उद्योगी, व्यापारीका नेताले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेल भेटेका छन् ।

उनीहरुले देशभर बिजुलीको ८ अर्ब ५० करोड रुपैयाँ भन्दा बढी पैसा नतिर्ने ५७ उद्योगको लाइन नकाट्न आग्रह गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र निवर्तमान अध्यक्ष शेखर गोल्छासहितको टोलीले डेडिकेटेड फिडर र ट्रंकलाइन सेवा लिएबापत तिर्नुपर्ने करिब साढे ८ अर्ब रुपैयाँ विद्युत महसुल बक्यौता तिर्नु नपर्ने व्यवस्था माग गर्दै प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेटेका हुन् ।

विद्युत् महसुल नतिर्ने मधेशका १० ठूला उद्योग
क्र.सं. उद्योग बक्यौता रकम
१. मारुती सिमेन्ट, मिर्चैया, ५७,४४,७९,४९३.७५
२. त्रिवेणी सिन्थेटिक यार्न ४,३९,८३,१७९.९४
३. हिमाल आइरन एण्ड स्टिल १३,६५,०१,९०२.८९
४. त्रिवेणी स्पिनिङ मिल्स ३२,०९,८६,७९३.६९
५. जगदम्बा स्टिल १,६०,१८,४३,१२५
. अशोक स्टिल १७,५८,१४,४०६.८३
७. हुलास स्टिल १४,१२,०५,८६२.५०
८. हामा आइरन ५,८५,१७,९३६.८८
९. एभरेष्ट पेपर मिल ९,४४,२१,४९६
१०. कसमस सिमेन्ट फ्याक्ट्री, सखुवा ९,७७,२५,५१५
जम्मा ३,२४,५४,७९,७१२.४८

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button