परम्परामै सीमित बन्दै झुलनोत्सव महोत्सव

[mashshare]

जनकपुरधामको राम मन्दिरको अधीनमा रहेको जग्गाबाट वर्षेनी गुठी संस्थानले करोडौँ रुपैयाँ राजस्व उठाउने गरे पनि राम मन्दिरको ऐतिहासिक पर्वलाई भने खर्च दिन आनाकानी गरेर यसको मौलिकता नै समाप्त पार्न लागेका छन् ।

मधेशदृष्टि
जनकपुरधाम ।
जनकपुरधाममा प्रत्येक वर्ष आयोजना गरिने झुलनोत्सव महोत्सव हेर्न श्रद्धालु भरिभराउ हुन्थ्यो । जनकपुरधामको मठमन्दिरमा आयोजना गरिने झुलनोत्सवले रातभर श्रद्धालुका लागि मनोरञ्जन र आनन्द लिने स्थल हुन्थ्यो भन्ने मठमन्दिरमा आकर्षण झुलनोत्सव मनाउने प्रतिस्पर्धा नै चल्थ्यो । तर केही वर्ष यता जनकपुरको झुलनोत्सव परम्परामा सीमित बन्दै गएको छ भने यसको मौलिकतासमेत हराउँदै गएको छ ।

केही वर्षसम्म जनकपुरधामको जानकी मन्दिर, राममन्दिर, सरन्चिया कुटी, कलवार कुटी, बिहार कुण्ड, रत्नसागर मन्दिरको झुला निकै चर्चित हुन्थ्यो । राम मन्दिर र रत्नसागर मन्दिरमा झुलाका लागि विशेष घर निकै निर्माण गरिएका छन् । अहिले ती सबै मन्दिरमा झुलनोत्सव परम्परामा सीमित बनेको छ । राम मन्दिरमा निर्माण गरिएका झुलनोत्सव सुनसानजस्तै देखिन्छ । खास गरेर सामान्य बत्ती बालेर झुलनोत्सव मनाउने गरिएको छ । जब कि यस मन्दिरको पर्व र महोत्सवको खर्च गुठी संस्थानले दिने गरेको छ । जनकपुरधामको राम मन्दिरको अधीनमा रहेको जग्गाबाट वर्षेनी गुठी संस्थानले करोडौँ रुपैयाँ राजस्व उठाउने गरे पनि राम मन्दिरको ऐतिहासिक पर्वलाई भने खर्च दिन आनाकानी गरेर यसको मौलिकतालाई नै समाप्त पार्न लागेका छन् ।

पहिला निकै गीतनाद हुने गथ्र्यो, बाहिरबाट नाच्नगाउन आउने गर्थे । तर अहिले त्यो पनि हुन छाडेको छ । राम मन्दिरका महन्थ राम गिरिले मन्दिरको पर्व र त्यौहारको संरक्षणमा खर्च दिने कार्य गुठी संस्थानले दिने गरेकाले गुठीले दिने खर्चबाट झुलनोत्सवलाई भव्यता दिन नसकिएको बताए । उनले गुठीले दिने खर्चबाट मात्रै सम्भव नभएकाले जेनतेन गरिरहेको बताए ।

त्यसैगरी रत्नसागर मन्दिरसमेत झुलामा सुनसान बनेको छ । झुलामा निकै रौनकता रहने मन्दिरमा केही वर्षदेखि रौनकता हराएको छ । त्यहाँ महन्थ रहेका बैकुण्ठ दास कर्तत्व ज्यान मुद्दामा सजाय पाएपछि फरार भएका थिए । अहिलेसम्म गुठीले त्यस मन्दिरमा महन्थसमेत नियुक्त गरेको छैन । पुजारीकै भरमा मन्दिर चल्दै आएको छ । त्यहाँसमेत मन्दिरमा जेनतेन झुला भएको छ ।

कुनै समय भरिभराउ झुलामा रहने जनकपुरका मन्दिरहरु अहिले परम्परामा सीमित भएका छन् । जानकी मन्दिरका महन्थ राम तपेश्वर दास अधिकांश मठमन्दिरमा संघसंस्थाले सञ्चालन गरिरहेका कारण उनीहरु मन्दिरका पर्वत्यौहारको विषयमा ध्यान दिन छाडेकाले सभ्यतथा लोप हुने अवस्थामा पुगेको बताउँछन् । उनले मन्दिरका महन्थहरुको हातमा केही नभएपछि मन्दिरमा आयोजना गरिने महोत्सवको विषयमा समेत कुनै जानकारी नरहने अवस्थासँगै समस्या हुने गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button